बिराटनगर : उदयपुर, झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो झापाको भद्रपुर नगरपालिका-४ स्थितमा चेक जाँचको क्रममा सोही स्थनका २० बर्षीय सुदिप चेम्जोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितबाट भारत बाट नेपाल आउदै गरेका उदयपुरका २४ बर्षीय रोशन परीयारलाई लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।
यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको मे. १ ख ३०५४ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपालिका-१३ का १९ बर्षीय पासर राईलाई सिट मुनि लुकाई राखेको डाईजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधी सहित पक्राउ गरिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved