उनले इटहरी नगर क्षेत्रमा  बसोबास गर्दै आएका मुसहर  समूदायका सम्पूर्ण व्यक्तिहरुलाई अधिबेसनमा सहभागि हुन पनि आग्रह गरे ।  इटहरी नगरक्षेत्रमा मुसहर समूदायका ५ हजार भन्दा बढीको बसोवास भएता पनि मुसहर समूदाय बिभिन्न कारणले पछि परेको कुराको जिकिर गर्दै अबको नेतृत्वले मुसहर समूदायका मासिहरुको नेतृत्व बिकास र क्षमता बिकास गर्दै नेतृत्व तहसम्म पुरयाउने प्रतिवद्धता पनि जनाए । पत्रकार सम्मेलनमा इटहरी तदर्थ संघका अध्यक्ष उमेश रिषीदेव, उपाध्यक्ष कन्नीदेवी सदा सुसहर लगायतको सहभागिता रहेको थियो ।