हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी कस्तुरी कलेजले जित्यो

  • माघ ११, २०७९
  • ४३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा आज बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो । प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो ।

कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए । सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्तुरी कलेजले ८ दशमलव ३ बलमा ३ बिकेट गुमाउदै लक्ष्य भेटाएको थियो ।

कस्तुरी कलेजको लागि म्यानअफ द म्याच अनुराग खत्रीले नटआउट १७ र सुमन मगरले १६ रनको पारी खेले । बिपन पोखरेलले १५ र आर्यन राईले ९ रन जोडे । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा बेष्ट बलर कस्तुरीका अनुराग क्षेत्री र उत्कृष्ट ब्याष्टमेन सुष्मा कलेजका अनोज पाठक घोषित भए । माघ ९ गतेबाट सुरु भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध ८ वटा कलेजहरुको सहभागिता रहेको थियो । हिसान सुनसरीले यसपटकदेखी प्रतियोगिता ड्यूज बलले खेलाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved