नेपाली चलचित्र "ह्यारीकी प्यारी" का कलाकारहरू ईटहरीमा

  • माघ ५, २०७९
  • ३२४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : यही माघ २० गते प्रर्दशन हुन लागेको नेपाली चलचित्र "ह्यारीकी प्यारी" को प्रमोशनका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहित टिम कस्तुरी एकेडेमी इटहरीमा आएको छ ।

प्रर्दशनको तयारीमा रहेको चलचित्र ह्यारीकी प्यारीमा रहेका गितहरु गाएर प्रमोशनका लागि आएका कलाकारहरुको टिमले कस्तुरी एकेडेमीका विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेको हो ।  

प्रमोशनका लागि आएका अभिनेता जितु नेपालले कस्तुरी एकेडेमीमा आयोजित कार्यक्रममा हास्य प्रस्तुति गरेका थिए भने अभिनेेत्री साम्राज्ञीले चलचित्रका विषयमा जानकारी गराइन् । त्यसै गरी गायिका वेनिशा पौडेल लगायतले चलचित्रमा रहेका गितहरुको प्रस्तुति गरेका थिए ।

कार्यक्रममा कस्तुरी कलेजका विद्यार्थीले नृत्य सहित सांस्कृतिक प्रस्तुति गरेर कलाकारहरुलाई स्वागत गरेका कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए । कस्तुरी परिवारले समय समयमा विद्यार्थी कै सहभागितामा सांस्कृतिक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved