हात्तीको आक्रमणबाट बराहक्षेत्रका धनबहादुर माझीको मृत्यु

  • माघ ३, २०७९
  • ३१६ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : जंगली हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्रका धनबहादुर माझीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ सिमरवनका माझीलाई सोही ठाउँको जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको समयमा हात्तीले आक्रमण गरेको स्थानियले अनुमान गरेका हुन् ।

केही दिन यता देखि सोही क्षेत्रमा जंगली हात्तीको एक समुह घुमफिर गर्दै आएका छ । हात्ती कराएको आवाज आएपछि जनजागृती सामुदायिक वन क्षेत्रमा रहेको पोखरीमा हात्तीहरु पानी खान आएको अनुमान गरी हेर्न जादाँ माझीलाई मृत अवस्थामा देखेको स्थानीयले वताएका छन् ।

विहानको ११ बजेतिर माझीलाई हात्तीले आक्रमण गरेको अनुमान गरिएको छ । कोशी टप्पु आसपासको क्षेत्रमा एक महिना यता देखि जंगली हात्तीको एक समुह फिरन्ते रुपमा घुम्दै आएको छ । सो फिरन्ते हात्तीको समुह बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १,२,३,५ र ७ मा समेत घुमिरहेको र स्थानीयका बालीनाली नोक्सान समेत गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved