ईटहरीको सुष्मा गोदावरी कलेजले तेस्रो संस्करणको साइन्स ओलम्प्याड आयोजना गर्ने

  • मंसिर १६, २०७९
  • ५७८ पटक पढिएको
  • न्यू पाटी
alt

ईटहरी : विज्ञान विषयको महत्वका साथै विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुष्मा गोदावरी कलेजले आयोजना गर्दै आएको साइन्स ओलम्प्याड तेस्रो संस्करण सुरु हुने भएको छ ।

विगत दुई वर्ष देखि सुनसरी र मोरङ्गमा विज्ञान विषय पढाई हुने विद्यालयहरुका विद्यार्थीहरुको सहभागितामा सञ्चालन गरिँदै आएको साइन्स ओलम्प्याड यस वर्ष पनि आयोजना गरिने कलेजले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

विद्यार्थी तथा अभिभावकहरुलाई विज्ञान विषयको महत्व, विज्ञान विषय किन पढ्नु पर्छ, विकास निर्माण कार्यका लागि विज्ञानको महत्व केछ जस्ता विषयवस्तुलाई उजागर गर्न सुष्मा गोदावरी कलेजले साइन्स ओलम्प्याड कार्यक्रम सञ्चालन गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए ।

साइन्स ओलम्प्याड सञ्चालन गरिने विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरमा आयोजना भएको साइन्स ओलम्प्याडमा अवार्ड हासिल गर्न सफल विद्यार्थी कपिल शर्मालाई सम्मान समेत गरियो । सो अवसरमा अवार्ड पाउन सफल विद्यार्थी शर्माले साइन्स कक्षामा अध्ययन गरेका पाठ्यपुस्तकका साथै वाहिरी प्रश्नहरु समेत सोधीने भएका कारण धेरै कुरा सिक्न पाइने रहेछ भनेर आफनो अनुभव सुनाए ।

शनिवारबाट सुरु हुने साइन्स ओलम्प्याड कार्यक्रम कलेजका साइन्स कोडिनेटर रञ्जन भट्टराईको संयोजकत्व रहेको कलेजका निर्देशक पेशल पोखरेलले जानकारी दिए । विज्ञान विषयको ओलम्प्याड अन्तर्राष्ट्रिय स्तरमा समेत विद्यार्थीहरु विच प्रतियोगिताका रुपमा सञ्चालन हुने सो अवसरमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा कलेजका सञ्चालक ज्ञानेन्द्र दाहाल लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved