राष्ट्रिय माध्यमिक विद्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न

  • मंसिर १३, २०७९
  • ६०१ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाछीले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षेत्रको योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई वार्षिकोत्सवको अवसर पारेर विद्यालय र शिक्षा क्षेत्रको श्रीवृद्धिमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश नम्बर १का पुर्व निर्देशक डा.शिवप्रसाद दाहाल , शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख रमेशबहादुर दाहाल , इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका हेमबहादुर पालुङवा,विद्यालयका प्रधानध्यापक सरणकुमार बस्नेत भौतिक शास्त्र विषयका शिक्षक दिनेश बास्कोटा , शिक्षक रोहनबहादुर कार्की , विधार्थीका अभिभावक लोकवहादुर अधिकारी र इन्दिरा अधिकारी लगायतलाई सम्मान गरियो ।

त्यसै गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी , विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा विभिन्न व्यक्तित्वहरुले सञ्चालनमा ल्याएको अक्षयकोषबाट छात्रावृत्ति वितरण समेत गरियो । समापन कार्यक्रममा विद्यार्थीहरुले गित नृत्य लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved