श्रीलंका टप्पुका बासिन्दालाई भोट खसाल्न यत्रो सास्ती

  • मंसिर ४, २०७९
  • ६२० पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : घरपायक मतदान केन्द्र राखिनु पर्ने माग गर्दै आएका सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलंका टप्पुका स्थानीय यो वर्ष पनि निराश भएका छन् । 

बराहक्षेत्रको ६ र ९ नम्बर वडा पर्ने टप्पु सुनसरीको क्षेत्र नं. ४ पर्छ । जहाँबाट प्रतिनिधि सभामा बहालवाला सूचना, प्रविधि तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रदेश १ का पूर्व वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसैयत आमनेसामने छन् । 

यो क्षेत्रबाट दिवङ्गत पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्व उपप्रधान मन्त्री उपेन्द्र यादव, सुजता कोइराला लगायतले निर्वाचन लडिसकेका छन् । 

IMG_20221120_142644मुलुकका हैसियत बनाएका राजनीतिक दलका नेताहरुको निर्वाचन क्षेत्र हुँदा पनि यहाँको अपेक्षित विकास हुन नसकेको स्थानीयको गुनासो छ । वर्षाका तीन महिना टप्पुमा बन्धक हुन बाध्य यहाँका वासिन्दाले छुट्टै वडा र मतदान केन्द्रको माग गर्दै आएको दशकौं बितिसकेको छ । तर राज्यले सुनुवाई गरेको छैन । 

आफू जनप्रतिनिधि हुँदा पनि स्थानीयले मतदानका लागि टप्पुमै केन्द्र हुनुपर्ने माग राख्दै आएको बराहक्षेत्र ९ का पूर्व वडाध्यक्ष दीपक लिम्बू बताउँछन् । उनी आफैले पनि प्रहरी चौकी राख्न पहल गरे पनि प्रशासनले चासो नदिएको भन्दै आक्रोश पोखे ।

'जनसङ्ख्या थोरै, ठूलो क्षेत्रफल, यातायातको असुविधा र सुरक्षा चुनौतीका कारण पनि यो क्षेत्र संवेदनशील रहेको बुझाइ रहेछ ।' पूर्व वडाध्यक्ष लिम्बूले भने । 

बालबच्चा घरमै छोडेर आएकी छिन्, भागोकुमारी चन्द्रवंशी । बाटोघाटो सुविधा दिन्छ कि भनेर भोट हाल्न आएको बताउँछिन् उनी । 'के गर्नु भोट नहाली पनि हुदैन' । 

जिल्लाकै दुर्गम, कोसी नदी उकास जग्गामा बसोबास गर्दै आएका टप्पुका वासिन्दा वर्षौंदेखि कोसी तरेर वराहक्षेत्रको प्रकाशपुर, राजाबास र चक्रघट्टीका मतदान केन्द्रमा मतदान गर्दै आएका छन् ।

IMG_20221120_142725दुई वडामा विभाजित टप्पुवासी प्रकाशपुरस्थित प्रकाश मावि, राजाबासस्थित सरस्वती मावि र चक्रघट्टीस्थित महेन्द्र मावि मतदान केन्द्रमा मतदान गर्दै आएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved