दक्षिण कोरियाको राजधानी सउलमा भागदौड को क्रममा कम्तिमा १ सय ५० जनाको मृत्यु

  • कार्तिक १३, २०७९
  • ५४२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :  दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका छन् । घटनमा सय जना जति घाइते भएको जनाइएको छ । अहिलेसम्म ७६ घाइतेलाई अस्पताल भर्ना गरिएकोमा २० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

मृतकहरुमा दुई जना विदेशी भएको पत्ता लागेको छ भने अस्पताल भर्ना गरिएकाहरुमा १५ जना विदेशी रहेका छन । नाइटलाइफका लागि लोकप्रिय इतेवन क्षेत्रको साँघुरो गल्लीमा शनिबार राति साढे दश बजेतिर एकै पटक ठूलो संख्यामा मानिसहरु प्रवेश गर्दा ठेलमठेल हुँदा दूर्घटना भएको हो ।

साँघुरो गल्लीमा ठेलमठेल हुँदा ठूलो संख्यामा हताहत भएको सउल प्रहरीले जनाएको छ । घटनाप्रति दुःख ब्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि आदेश दिनुभएको छ । विश्वका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले पनि घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved