आज आश्विन शुक्ल प्रतिपदा वडा दशैंको पहिलो दिन

  • आश्विन १०, २०७९
  • ४४४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । आज आश्विन शुक्ल प्रतिपदा वडा दशैंको पहिलो दिन अर्थात घटस्थापना सनातन हिन्दु धर्मालवम्बीहरुले आ आफनो घर साथै मन्दिर , सामुहिक दुर्गा पुजा स्थलमा जमरा राखेका छन ।

पुर्वी नेपालमा पनि दशैं मनाउनेहरुले आ आफनो घरघरमा , मन्दीर र सामुहिक दुर्गा पुजा स्थलमा विधिपुर्वक जमरा राखेका हुन । वडा दशैं अन्तरगतको पहिलो दिन देवी दुर्गाको आरधना गरी विभिन्न अन्न जमराको लागि विधिपुर्वक राख्ने गरिन्छ । असत्य माथि सत्यको विजय भएको मान्यताका आधारमा हर्साेउल्लासका साथ दशै मनाईने परम्परा रहेको छ । विजया दशमी अन्तरग राखिने जमरा टिकाका अवसरमा आफु भन्दा सानालाई सिर र कानमा सिउरीदिने गरिन्छ ।

सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विधिपुर्वक जमरा राख्ने गरिन्छ । यहाँ स्थानीयहरुले समेत ल्याएर जमरा राख्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वप्रसाद रिजाल वताउछन । उनले नवराती भरी मन्दिरमा देवीको आरधना र टिकाका दिन जमरामा वितरण गरिने जानकारी दिए ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ९का स्थानीय केदारप्रसाद तिम्सिना विधिपुर्वक मन्दिरमा जमरा राखिने भएका कारण आफुहरु पनि मन्दिरमा ल्याएर जमरा राख्ने गरेको सुनाउछन । इटहरीमै वि.सं.२०४९ साल देखि सार्वजनिक रुपमा दुर्गा पुजा स्थल वनाएर पुजा गरिने स्थानमा पनि जमरा राखिएको छ । सार्वजनिक पुजा स्थलमा देवी दुर्गाको प्रतिमा राखी सामुहिक रुपमा जमरा राखिएको छ । इटहरीकै समाज कल्याण सत्सगमा पनि विधिपुर्वक जमरा राखिएको छ । जौं लगायतका अन्नहरु जमराका लागि राख्ने धार्मिक मान्यता रहे अनुसार आजको दिन जमरा राख्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved