लगानी र मिहिनेत अनुसारको आम्दानी गर्न नसकिरहेका कारण किसानहरु विकल्पको खोजीमा

  • आश्विन ६, २०७९
  • ५१८ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग । कृषि क्षेत्रमा लगानी र मिहिनेत अनुसारको आम्दानी गर्न नसकिरहेका कारण किसानहरु विकल्पको खोजी गर्न थालेको मोरङ्गको रंगेलीमा आयोजित एक कार्यक्रममा किसानहरुले गुनासो गरेका छन ।

अखिल नेपाल किसान महासंघले रंगेलीमा आयोजना गरेको कृषि क्षेत्र केन्द्रीत बहस कृषि छलफल चौतारी कार्यक्रममा किसानहरुले कृषि क्षेत्रमा समस्या माथि समस्या रहेको गुनासो गरेका हुन ।

किसानहरुका समस्याका विषयमा राष्ट्रिय किसान आयोग सहित सरकारलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्ला सचिव बमलाल खवासले जानकारी दिए । उनले सरकारले कृषि क्षेत्रको समस्या नदेखेका कारणले सरकारको ध्यानाकरण गराउन कृषि वहसको आयोजना गरिएको र अन्य ठाउँहरुमा समेत यस प्रकारको कार्यक्रमहरु आयोजना गरिने वताए ।

कुनै पनि किसिमको कृषि कार्य गरे पनि राम्रो आम्दानी गर्न सकिने नअवस्था रहेका कारण किसानहरु नर्भस भएको किसान सुन्दर राई वताउछन । उनले धान खेती गर्ने किसानहरु मात्र नभएर पशुपालन गर्ने किसानहरुको समेत उही खाले गुनासो रहेको सुनाए ।

किसानहरुका समस्या गुनासाहरु सुनेर सरकारलाई जानकारी गराउने उद्धेश्यले राष्ट्रिय किसान आयोगले समयसमयमा अनुगमन अवलोकन गर्दै आएको आयोगकी सदस्य मञ्जु धिमालले जानकारी दिइन । उनले आयोगमा आएका किसानहरुका गुनासाहरुका विषय केन्द्रीत अनुगमन तथा अवलोकनका लागि आउने क्रममा आफु बंगुर पालक किसानहरुले वजारिकरण समस्याका विषयको गुनासोका विषयमा जानकारी लिन आएको समेत वताइन ।

पुर्वी नेपाल लगायतका देशैभरका किसानहरुले समयमा मल , विउ विजन नपाइने सिर्चाइको राम्रो व्यवस्था नभएको लगायतका गुनासो गर्दै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved