सडक क्षेत्रको जमिन खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले तिव्रता दिदै

  • आश्विन ६, २०७९
  • ३२८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । पुर्व पश्चिम र कोशी राजमार्गको संगम स्थल रहेको विरेन्द्र चोकबाट दुवै राजमार्गमा तीन सय मिटर क्षेत्रमा सवारी पाकिगं गर्न नपाउने नियमलाई पालना गराउने तथा सडक क्षेत्रको जमिन खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले तिव्रता दिदै आएको छ । सडक क्षेत्रमै पार्किङ गरिदा पौदल यात्रीलाई हिडडुलमा समस्या हुने, नगरको शोभा विगार्ने देखि लिएर दुर्घटनाको जोखिम समेत वढाउने तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले सडक क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिदै आएको छ ।

जथाभावी रुपमा सडक क्षेत्रमा गरिने पार्किङ र फुटपातमा अन्य संरचना वनाउने कार्यलाई निरन्तरता दिदै आएको इटहरी उपमहानगरपालिकाले आज कोशी राजमार्ग अन्तरगत धरान लाईन खाली गराउने कार्य गरेको छ । उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल समेतको सहभागितामा धरान लाईनमा सडक क्षेत्रमा पर्ने ठाउँहरुलाई खाली गराउने कार्य उपमहानगरपालिकाले गरेको हो ।

सडक क्षेत्रमा पर्ने ठाउँमा वनाइएका संरचनाहरु हटाएर फुटपात खाली गराउने कार्य गरिदै आएको इटहरी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिए । उनले सडकमा सहज रुपमा गाडी कुद्न दिनु पर्छ भने ।

WhatsApp Image 2022-09-22 at 17.31.10

सडक क्षेत्रमा पर्ने जमिनहरु खाली गराउने कार्यमा सो क्षेत्रमा जोडिएका घर धनीहरुले पनि सहजिकरण गर्दै आएका छन । धरान लाइनका एक घर धनी इश्वरकुमार विष्टले सडक खाली वनाउने कायमा आफुले पनि सहयोग गरेको र आफनैबाट काम सुरु गर्न दिएको वताए ।

सडक क्षेत्र खाली गराएर सवारी साधनको आवतजावत र पैदल यात्रीलाई फुटपात प्रयोग गर्न सहज वनाउने कार्यमा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय सहितका सरोकारवाला निकायहरुको समेत सहभागिता रहेको थियो । इटहरी प्रदेश नम्बर १कै एक व्यस्त तथा मानवीय चाप ज्यादै रहेको विकसित सहर हो । तर विगतमा सडक क्षेत्रमै जाथाभावी रुपमा पार्किग गरिने गरिएका कारण सवारी साधन तथा पैदल यात्रीहरुलाई आवतजावतमा समस्या हुदै आएको थियो भने जथाभावी पार्किगले नगरक्षेत्र समेत अस्तव्यस्त वनाउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved