इटहरी उप महानगरपालिकाको अग्रसरतामा बजार अनुगमन सुरु

  • भदौ ३१, २०७९
  • १२११ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  दशै तिहार लगायतका ठुला चाडपर्व नजिकी रहेको समयमा उपभोक्ताहरु नठगिउन भनेर सुनसरीको इटहरी उपमहानगरपालिकाको अग्रसरतामा बजार अनुगमन सुरु गरिएको छ । दैनिक उपभोक्य वस्तु देखि लिएर लता कपडा ,होटल व्यवसाय लगायतका पसलहरुमा सरोकारवाला निकायहरु सहित उद्योग वाणिज्य संघ , उपभोक्ता मञ्च लगायतको सहभागितामा बजार अनुगमन गरिएको हो । बजार अनुगमन नगरिदा उपभोक्ताहरुले प्रयोग गर्ने खाद्यान्न देखि लिएर अन्य सामानहरु समेत गुणस्तरहिन विक्री वितरण हुने गुनासो वढी रहेको समयमा इटहरी उपमहानगरपालिकाको नेतृत्वमा इटहरीमा बजार अनुगमन हुदै आएको छ । बजार अनुगमनका क्रममा खाद्यान्न देखि लिएर सवै क्षेत्र समेटर गरिने इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल वताउछन । उनले बजार अनुगमनका क्रममा केही पसलमा कैफियत भेटिएको र उनीहरुलाई सचेत गराउने काम गरिएको तथा पुन अनुगमन गरिने समेत जानकारी दिएका छन ।

बजार अनुगमनका क्रममा केही पसलहरुमा कैफियत भेटिए पनि कारवाहीका लागि कसरी अघि वढ्ने भनेर कानुनी पाटो वनाएर अघि वढ्ने विषयमा सरोकारवालाहरु विच छलफल भई रहेको उपभोक्ता मञ्चका सुनसरी अध्यक्ष ठगेन्द्र आचार्य वताउछन । इटहरीमा समयसमयमा बजार अनुगमन गरिदै आएको छ । उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्ण्ुा डाँगी बजार अनुगमनले उपभोक्ता साथै व्यापारीहरुलाई सचेत गराउने भएकाले अनुगमनलाई निरन्तरता दिनु पर्ने वताउछन ।बजार अनुगमनका क्रममा सामानहरुको गुणस्तर दर्ता आदिका विषय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved