लेटाङ । स्थानीय तहमा जनप्रतिनिधिहरुले कार्यभार समालेको एक सय दिन पुरा भएको छ । मोरङ्ग जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लेटागं नगरपालिकाका जनप्रतिनिधिले कार्यभार समालेको एक सय दिन पुरा भएसंगै सुरुवाती दिनमा गरेका गतिविधिहरुका विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएका लेटागं नगरपालिका का जनप्रतिनिधिहरुले गत जेठ ९ गते पदभार ग्रहण गरेपछि नगरक्षेत्रमा गरिएका गतिविधिहरुका विषय केन्द्रीत पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
नगरलाई सुशासन कायम गर्ने काम गर्दै आएको, फजुल खर्च कम गर्ने काम गर्दै आएको साथै नगरले गर्न कामलाई पारर्दशी वनाउन ऐन नियम वनाउने तथा संशोधन गर्ने काम गरेर त्यसकै जगमा उभियर काम गर्ने लेटागं नगरपालिका प्रमुख भुपेन्द्रसुन्दर लावती वताउछन ।
लेटाङ नगरपालिकाले बालिका शिक्षा कार्यक्रम अन्तरगत पहाडी भेगमा पर्ने वडा नम्बर १,७ र ८का छात्राहरुलाई बार्षिक २हजार रुपैयाका दरले १६ किस्ता सम्म उच्च शिक्षा हासिलका लागि बैक खाता सञ्चालनमा ल्याउने कामको थालिन गरिसकेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन । उनले कृषि प्रयोगशाला र भेटनरी अस्पताल सुचारु गर्न काम भईरहेको समेत वताइन ।
निर्धारित समयमै आर्थिक वर्ष ०७९÷०८० को बजेट प्रस्तुत गरेको र सर्वपक्षिय रुपमा सुझाव संकलन गरी बजेत तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमीरे वताउछन । उनले ७८करोड ६३लाख २० हजार रुपैयाको बजेट ल्याएको र बजेट कार्यान्वयनको लागि सबैसंग आग्रह समेत गरे ।
यसका साथै लेटागं नगरपालिकाले गर्दैै आएका अन्य कामहरु साथै आगामी दिनका योजनाहरुका विषयमा समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सोही अवसरमा नगरको कार्यक्रम तथा नीति पुस्तिका विमोचन समेत गरियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved