धरान । विगत पाँच वर्ष देखि धरानमा सञ्चालनमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले प्रदान गर्दै आएको डबल सर्टीफीकेसनका कारण विद्यार्थीहरूको रोजाइमा पर्न थालेको छ । स्कटीस क्वालिफिकेसन अथोरीटीद्धारा सम्बन्धन प्राप्त एडीएचएम कोर्स गर्ने विद्यार्थीलाइ डबल सर्टीफीकेसनको प्रावधान सुरु भए लगत्तै सो कलेज वीद्यार्थीहरुको रोजाइमा पर्न थालेको हो ।
हस्पिटालिटी म्यानेजमेन्ट पठनपाठन हुने उक्त कलेजमा मल्टि मिडियाका माध्यमबाट अध्ययन अध्यापन गराइने, प्राक्टिकल सहित इभेन्ट म्यानेजमेन्टका गतिविधिहरुमा विद्यार्थीहरुलाई सहभागी गराउने तथा पार्ट टाइम जबको समेत व्यवस्था रहेको कलेजका सिइओ अभिषेक श्रेष्ठले वताए । उनले कलेजको साथै स्कटीस क्वालिफिकेसनको समेत गरि दुई वटा अर्थात ड्युल सर्टिफिकेट विद्यार्थीहरुले पाउने व्यवस्था रहेको समेत जानकारी दिए ।
विद्यार्थीहरु पनि आफुले खोजेको जस्तो कलेजमा अध्ययन गर्न पाएकामा खुसी व्यक्त गरे ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धिका निम्ति प्राइम भिजन कलेजले थेउरीटीकल तथा प्राक्टिकल कक्षा सञ्चालन गर्नुका साथै विभिन्न स्थानका पाँच तारे होटलहरुमा समेत लगेर पठनपाठन, अभ्यास, अवलोकन गराउँदै आएको छ ।
एडीएचएम कोर्स एसइइ साथै जुनै संकायमा प्लस टु सकेका वा प्लस टु मा नन् ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले समेत यो कोर्स अध्ययन गर्न पाउने व्यवस्था रहेको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved