नेपाली कांग्रेसद्धारा नेता प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित

  • भदौ ५, २०७९
  • ८६३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :  नेपाली कांग्रेसले नेता प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले गिरीको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका हुन् । कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदाम्बेका अनुसार गिरीको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ ।

त्यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने उहाँले बताउनुभयो । समाजवादी चिन्तक एवं नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीरलाई आइतबार २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

नेता गिरिको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved