माईती नेपालद्धारा तीन जना महिलाहरुलाई इ रिक्सा हस्तान्तरण

  • भदौ २, २०७९
  • ३१९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  हिसांमा परेका महिलाहरुलाई आश्रय ,सिप र अवसर प्रदान गर्दै आएको माइती नेपालले धेरै महिलालाई सिपका माध्यमबाट आत्मनिर्भर वनाउने देखि पुनर स्थापनाका कामहरु गर्दै आएको छ । 

सिपमुलक तालिम प्रदान गरी व्यवसायीक वनाउन समेत माइती नेपालले महिलाहरुलाई सहयोग पुरयाउदै आएको छ । 

यसै क्रममा माइती नेपालले सिलाइ तालिमका तिस जना लाई प्रमाणपत्र वितरण तथा  तीन जना महिलाहरुलाई इ रिक्सा चलाउने तालिम प्रदान गरेर इ रिक्सा हस्तान्तरण गरेको छ । 

विगत देखि नै तालिम प्रदान गरी महिलाहरुलाई आत्मनिर्भरताका लागि सहयोग समेत गर्दै आएको माइती नेपाल सुनसरीले यस पटक तीन जना महिलाहरुलाई सिटी सफारी प्रदान गरेको हो ।

तालिम प्रदान गरेर व्यवसाय सञ्चालनका लागि समेत सहयोग गर्ने माइती नेपालले यस पटक सिटी सफारी चलाउन तालिम पुरा गरेका तीन जनालाई संघीय सांसद सिताराम मेहताको प्रमुख आतिथ्यमा सिटी सफारी  र अन्य तालिम लिनेहरुलाई प्रमाण पत्र वितरण गरेको छ । 

माइती नेपालले सञ्चालन गरेको तालिमबाट सिटी सफारी चलाउन सक्ने भएका सिता शेर्पा राई , प्रमिला प्रधान र तुलसा अधिकारीलाई सिटी सफारी प्रदान गरेको हो ।

माइती नेपाल सुनसरीले हाल सम्म ५सय ४२ जनालाई अहिले सम्म तालिम लगायतका सेवा सुविधाहरु प्रदान गरेको माइती नेपाल सुनसरीकी प्रमुख सुनिता कार्कीले वताइन। उनले हाल सम्म ९ जना महिलाहरुलाई सिटी सफाईको तालिम र प्रदान गरी सकेको समेत जानकारी दिइन । यस पटक सिटी सफारी प्राप्त गर्नेहरुलाई माइती नेपालले ७५ प्रतिशत र एसवीआई बैकबाट २५प्रतिसत अनुदानमा उपलव्ध गराईको पनि कार्कीले सो अवसरमा जानकारी गराइन ।

माइती नेपालले तालिम सहित सिटी सफारी उपलव्ध गराएपछि आफुहरुलाई गरी खान सहज भएको महिलाहरु वताउछन । 

महिलाहरुलाई सिप सिकाएर परिवार पाल्न योग्य वनाउने काम माइती नेपालले गर्ने गरेको भन्दै माइती नेपालको सिता शेर्पा राईले प्रशंषा गरिन ।

आफुले सिटी सफारी चलाउन सक्ने भएपछि बालबच्चा पठाउन आम्दानी गर्न सहयोग पुग्ने प्रमिला प्रधान वताउछिन ।

त्यसै गरी फ्याक्ट्रीमा काम गर्दै आएकोमा अरु दिदी बहिनीहरुले सिटी सफारी चलाएको देखेर आफुले पनि गर्न सक्छु भन्ने लागेर सिकेको र अव चलाएर परिवार पाल्न सक्ने भएको तुलसा अधिकारी वताउछिन ।सो कार्यक्रम माइती नेपालका कार्यकार िनिर्देशक विश्वराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका वार्ड नम्बर २ का वडाध्यक्ष माधव कोईराला , इटहरी उपमहानगर पालिका सामाजिक विकास प्रमुख भोजकला दवाडी,महिला संजाल सुनसरीकी अध्यक्ष कमला खड्का,नागरिक समाजका अध्यक्ष राजु केसी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved