काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ८२ जनाको पीसीआर र २ हजार ८ सय ४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार ४ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved