विराटनगर : ईट्टा खरिद गर्ने ग्राहकहरुलाई आनन्द ईट्टाले दिँदै आएको हात खाली नजाने उपहार अन्तर्गत तीन महिनाको अवधिमा १० लाख बढीको पुरस्कार बाँढी सकेको छ ।
आनन्द, अनन्त र आँगन ईट्टा खरिदमा ग्राहकहरूलाई आनन्द ईट्टा उद्योगले सञ्चालन गरिरहेको हात खाली नजाने उपहार योजना अन्तरगत १० लाख रुपैँया बढीको पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए ।
आनन्द, अनन्त र आँगन कुनै ब्राण्डका तीन हजार ईट्टा खरिद गर्ने ग्राहकलाई एक थान स्क्राच कुपन दिने गरिएको छ । उक्त कुपन स्क्राच गर्दा हात खाली नजाने उपहार योजना रहेको वताउँदै निर्देशक अग्रवालले सोही उपहार योजना अनुसार बम्पर पुरस्कार स्कुटी रहेको जनाएका छन् । त्यसै गरी ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र १ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्म नगद उपहार कुपनमा रहेका छन् ।
हात खाती नजाने उपहार योजना अन्तर्गत गत विहीबार विराटनगरका दुई जना ग्राहकले फ्रिज र टिभी प्राप्त गरिसकेका छन् । विराटनगरका प्रमोद यादवले फ्रिज र प्रविण कुमार ठाकुरले टिभी पाएका हुन् । उपहार विजेता यादव र ठाकुरलाई एक कार्यक्रमको आयोजना गरि निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले पुरस्कार हस्तान्तरण गरेका छन् ।
गत वैशाख महिनाबाट सुरू भएको हात खाली नजाने उपहार योजना दशैं र तिहारसम्म लैजाने तयारी गरिएको निर्देशक अग्रवालले जानकारी दिएका छन् । उपहार योजना ल्याएपछि आनन्दको ईट्टाको खरिद गर्ने उपभोक्ता बढेको जनाइएको छ । एक सालमा ८ वटा चिमीबाट २ करोड ५० लाख आनन्द, आँगन र अनन्त ईट्टा उत्पादन हुने गरेको छ । आनन्दले १ नं. ईट्टा २३ रुपैयाँ प्रतिगोटा बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved