नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको बैठक तथा शुभकामना कार्यक्रम सम्पन्न

  • श्रावण २०, २०७९
  • ९३२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा शुभकामना कार्यक्रमको आयोजना गरीएको छ ।

"सम्पुर्ण अग्रगामी खेलकर्मीहरु एक जुट हौँ, समृद्ध खेलकुद सहितको समाजवाद स्थापना गरौँ" भन्ने मुल नारालाई आत्मसाथ गर्दै शुक्रवार इटहरीमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद पुर्व सदस्य सचिव एवम् नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष केशब कुमार बिष्टले नजिकीँदै गरेको ९ औँ राष्ट्रिय खेलकुदमा कसरी प्रदेशले बढी भन्दा बढी मेडल जित्न सक्छ भन्नेबारे सोच्न र सकेसम्म संगठनमा बसेर खेलकुदको बिकासका लागी अगााडी बढ्न उपस्थीतिलाई आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एकीकृत समाजवादी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले खेलकुदले मानिस शारीरिक तथा मानसिक विकास र समाजको सर्वाङ्गीण बिकासमा टेवा पुर्याउने बताए ।

यस्तै राष्ट्रका लागी योगदान गरेका पुर्व खेलाडीहरुको समन्वयमा विद्यालयस्तरबाट खेलकुदलाई अगाडी बढाउने योजना रहेको कार्यक्रमका सभापति नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ का अध्यक्ष शंकर थापाले जानकारी दिए ।

297369108_1205215153386455_769823808497084799_n

कार्यक्रमका बिच शैलेश बिष्ट, सन्दीप राई लगायत खेलकुद समितिका १२ जना नयाँ पदाधीकारीहरुलाई प्रमुख अतिथी मार्फत शुभकामना पत्र हस्तान्तरण गराइएको थियो ।

कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राई, पार्टी पोलीट व्युरो सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरी, सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved