प्रदेश १ को नाम ‘लिम्बुवान किरात प्रदेश’ घोषणा गर्न माग

  • श्रावण ५, २०७९
  • ५६९ पटक पढिएको
  • न्यू पाटी
alt

प्रदेश १ को नाम ‘लिम्बुवान किरात प्रदेश’ घोषणा गर्न माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरीएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरूले बिहिबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । नाकारणका छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको आरोप उनीहरुको आरोप छ । नेपाली कांग्रेस र नेकपा एमाले भुगोलका आधारमा नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरूको भने पहिचानकै आधारमा हुनुपर्ने तर्क रहिआएको छ ।

केही समय अगाडी इटहरीमा पत्रकार सम्मेलन गरी लिम्बुवान,किरात संयुक्त संघर्ष समितिमा आबद्ध नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा,जसपा,नेपाल लिम्बुवान राष्ट्रिय समिति लगायत ३१ घटक संगठनहरुले पहिचानका आधारमा प्रदेश १ को नामाकरण हुनुपर्ने माग गरेका थिए । सोही कार्यक्रमका बिच प्रदेश कार्य समितिको कार्यदलले घोषणा गरेको चरणबद्ध आन्दोलनको जानकारी गराइएको थियो । जसमा श्रावण ५ गते प्रदेश १ को राजधानी बिराटनगरमा वृहत जनप्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु समावेश थिए । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved