सुनसरी : छुरा प्रहारबाट सुनसरीका छुट्टाछुट्टै दुई स्थानमा दुई जनाको हत्या भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघट्टीका आषिश दर्जी र रामधुनी नगरपालिका–६ सुवानाका १६ बर्षीय बालका बिबेक सदाको छुरा प्रहारका कारणबाट हत्या भएको हो । चक्रघट्टीको मुनाल चोकमा सोमबार राती दुई युवाविच भएको विवादको क्रममा मादक पदार्थ सेवन गरेका सविन तामाङले छुरा प्रहार गरी दर्जीका हत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक टीका बहादुर कार्कीले जानकारी दिएका छन ।
तामाङको छुरा प्रहारबाट घाइते भएका दर्जीलाई उपचारका लागि धरान पठाईएको र उपचारकै क्रममा मृत्यु भएको समेत प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको समेत जानकारी गराइएको छ । केही समय यता देखि बराहक्षेत्रमा मादक पदार्थ सेवन गरी रातको समयमा झैझगडा र होहल्ला गर्ने क्रम बढेको स्थानीयले गुनासो गर्दै आएका छन ।
यता रामधुनी नगरपालिका वडा नम्बर ६ सुवानाका १६ बर्षे बालक सदालाई आज विहान एक १७ वर्षिय बालकले छुरा प्रहार गरी घाइते वनाएको र घाइतेलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थान धरान पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । सुति रहेको समयमा पेटमा छुरा प्रहार भएपछि सदा घाइते भएका थिए । सो घटनामा संलग्न १७ वर्षिय बालकलाईे नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान सुरु गरेको गरिरहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved