झापा : पुर्वी नाका झापाको काँकरभिट्टाबाट अवैद्य लागुऔषध ब्राउनसुगर सहित मानिस पक्राउ पर्ने क्रम बढेको छ । यही क्रममा पछिल्लो समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ मेची पुलबाट प्रहरीले दुई जनालाई प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउन गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १३ग्राम लागुऔषध बा्रउनसुगर खैरो हिरोईन सहित मेचीनगर ८का प्रशन्न राजवंशी र मेचीनगर १०का प्रदिप आले मगर पक्राउ परेका हुन ।
चेकजाँचको क्रममा लागुऔषध खैरो हिरोईन आले मगर र राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । खैरो हिरोईन सहित पक्राउ परेका आले र राजवंशीलाई इलाका प्रहरी कार्यालय काँकड्भिट्टाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved