सुनसरीको इटहरीमा रहेको परिवार स्वास्थ्य केन्द्रमा अप्रेसन गरी सुत्केरी गराउने प्रविधि पनि भित्र्याउने प्रयास

  • असार १६, २०७९
  • ६४७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रभावकारी रुपमा २४ घण्टे सुरक्षित सुत्केरी सेवा सञ्चालन गर्दै आएको सुनसरीको इटहरीमा रहेको परिवार स्वास्थ्य केन्द्रमा अप्रेसन गरी सुत्केरी गराउने प्रविधि पनि भित्र्याउने प्रयास भईरहेको जनाइएको छ । नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगत रहेको परिवार स्वास्थ्य केन्द्र इटहरीमा सुरक्षित सुत्केरी सेवा लिन उल्लेखिय रुपमा सेवाग्राहीहरु आउने गरेको भएपनि अप्रेसन पद्धतीबाट सुत्केरी गराउने सेवा नभएको तर्फ मध्यनजर गर्दै अप्रेसन सेवा समेत विस्तारको योजना वनाइएको वताइएको हो ।

परिवार स्वास्थ्य केन्द्र इटहरीमा अप्रेसन पद्धतिबाट सुत्केरी गराउने सेवा नभएको कारण अप्रेसन गर्नु पर्नेहरु गर्भवती महिलाहरु बाहिर जानु पर्ने वाध्यता हटाउन अप्रेसन सेवा समेत सञ्चालन गर्न पहल भई रहेको केन्द्का प्रमुख कुमार गिरी वताउछन ।
केन्द्रले गर्भवती महिलाहरुलाई नियमित चेकजाँच र परामर्श सेवा प्रदान गर्दै आउको छ भने अप्रेसन विनाको २४ घण्टे सुरक्षित सुत्केरी गराउने सेवा समेत सञ्चालन गर्दै आएको छ ।

अप्रेसनै गर्नु पर्ने अवस्थाका गर्भवती महिलाहरुलाई अप्रेसन सेवाका लागि बाहिर पठाउनु पर्ने वाध्यता रहेदै आएको छ । केन्द्रमा नियमित चेकजाँच र परामर्श सहजरुपमा पाएपनि अप्रेसनबाट बच्चा जन्माउनु पर्ने अवस्था आएपछि सेवाग्राहीहरु धरान र विराटनगर जानु पर्दा आफुहरुलाई समस्या हुने महिलाहरुले पनि गुनासो गर्दै आएका छन ।

नजिकै नियमित स्वास्थ्य जाँच गर्दै आएको ठाउँबाट सेवा नपाउदा अप्रेसनको लागि वाहिर जानु पर्दा समय र खर्च समेत बढी लाग्ने गरेको सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन । परिवार स्वास्थ्य केन्द्रले २४ घण्टे सुरक्षित सुत्केरी गराउने सेवा ,एम्वुलेन्स सेवा , प्रज्जनन स्वास्थ्य कार्यक्रम ,परिवार नियोजनका साधन , एचआइभि परिक्षण , सुरक्षित गर्भपतन सेवा समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved