बजारमा आयो नयाँ स्मार्टफोन : एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने

  • जेठ २१, २०७९
  • १०३४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डौं : बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ ।

स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्स युक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् ।

अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर (MAH) क्षमताको ब्याट्री भएका केही स्मार्टफोन बजारमा देखिएका छन् ।

कतिपय स्मार्टफोनमा १० हजार मिलीएम्पियर आवरको ब्याट्री पनि रहेका छन् । तर यी सबै किर्तिमानलाई पछि पार्दै चीनको एक कम्पनीले २१ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याएको छ ।

चिनिया ब्राण्ड Oukitel ले WP19 नामक स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा २१ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो फोन एकपटक फुलचार्ज गरिसकेपछि केही हप्तासम्म तपाइँले चार्जरको सम्झना नगरेपनि हुन्छ ।

यो स्मार्टफोनमा एक पटक पूरा चार्ज गरेपछि १ सय २२ घण्टासम्म लगातार फोन कल गर्न सकिन्छ । साथै एक पटक फुलचार्ज गरेको ब्याट्रीले १ सय २३ घण्टासम्म गीत बजाउन सकिन्छ भने ३६ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ ।

त्यस्तै एकपटक फोन चार्ज गरेपछि यो स्मार्टफोन खुल्ला राख्दा ९४ दिन अर्थात् २२ सय ५२ घण्टासम्म यसको चार्ज टिक्दछ ।

तर यो फोनमा ठूलो ब्याट्री हुनुको घाटा पनि छ । यो फोन पूरा चार्ज हुनका लागि ४ घण्टा लाग्दछ । यसमा २७ वाटको फास्ट चार्जिङ रहेको छ । यो फोनलाई निकै विषम परिस्थितिमा पनि प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन वाटरप्रुफ रहेको छ । यसमा ६.७८ इन्चको डिस्प्ले राखिएको छ जसमा फुल एचडी प्लस रिजोलुसन तथा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा मिडियाटेक हिलियो जी 95 एसओसी प्रोसेसर राखिएको छ । फोनमा ८ जिबीको र्‍याम र २५६ जिबीको इन्टरनल स्टोरेज दिइएको छ ।

पछाडिको भागमा ट्रिपल क्यामरा सेटअप रहेको छ । जसमा मूख्य क्यामरा ६४ मेगापिक्सेल छ । त्यस्तै २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको सोनी नाइट भिजन आइआर मोड्युल रहेको छ । त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

यो फोनमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम रहेको छ । युरोपमा यो फोनको मूल्य ६ सय ९४ युरो तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved