परिवर्तनको खोजिमा जनता

  • जेठ ४, २०७९
  • १५२१ पटक पढिएको
  • संगीत सिग्देल
alt

बराहक्षेत्र : गत बैशाख ३० गते भएको दोस्रो स्थानीय तह निर्वाचन, २०७९ को देशै भरि मत गणना गर्ने र मत परिणाम आउने क्रम जारी छ । सोहि निर्वाचनको मत परिणाम आउने क्रममा सुनसरीको कान्छो नगरपालिकाको रुपमा रहेको बराहक्षेत्र नगरपालिकामा रोचक खालका परिणामहरु बाहिर आउँदै छन् ।

बि. स. २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनमा वडा नं. १ र २ मा क्रमशः नेकपा एमालेलाई पराजित गर्दै नेपाली काँग्रेसले जित हासिल गरेको थियो । आफुले बिगतमा जितेको वडा फेरी पनि जोगाउने होडमा रहेको नेपाली काँग्रेसलाई यस पटक भने नेकपा एमालेले मात खुवाउँदै दुवै वडामा वडाध्यक्ष सहित प्यानल कै जित सुनिस्चित गर्न सफल रह्यो ।

त्यस्तै पहिलो स्थानीय तह निर्वाचनमा वडा नं. १० र ११ आफ्नो पोल्टोमा पार्न सफल नेकपा एमालेलाई यो पटक भने नेपाली काँग्रेसले नराम्रो झट्का दियो । दुवै वडामा काँग्रेसका उमेदवार सहित प्यानल नै भारि बहुमतका साथ बिजयी भयो ।

यसरी हेर्दा आम जनताहरु परिवर्तनको पक्षमा रहेको आंकलन गर्न सकिन्छ । बिगतको स्थानीय तह निर्वाचनको नतिजालाई पूर्ण रुपमा उल्ट्याएर आफ्नो वडामा परिवर्तन खोजेको कुरा लाई नकार्न भने सकिँदैन ।

नगर प्रमुख पदको लागि पनि नेकपा एमाले र लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार बीच राम्रै घम्सा घम्सी परिरहेको छ । पहिलो स्थानीय तह निर्वाचनमा १४,४४६ मत ल्याएर बिजयी भएका निलम खनाल पुनः नगर प्रमुख पदका लागि प्रत्यासी रहेका छन् भने लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका युवा नेता रमेश कार्की कडा प्रतिस्पर्धा दिने होडमा उत्रिएका छन् ।

अहिले सम्म ४ वटा वडा को १४,६८८ मत गणना भई सक्दा कार्कीले ६,१५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी खनालले ४,३८७ मत प्राप्त गरेका छन् । यो मत परिणाम हेर्दा गठबन्धनका उमेदवार कार्की १,७६५ मतका साथ अग्रस्थानमा छन् ।

त्यस्तै नगर उपप्रमुखमा पनि राम्रै होड बाझी चलि रहेको छ । नेकपा एमाले कि उमेदवार नन्द कुमारी राईले अहिले सम्म १४,६८८ मत गणना भई सक्दा ४,७७४ मत ल्याएर अग्रस्थानमा छिन् भने गठबन्धनका उमेदवार माओबादी केन्द्रका अमित गौतम ३,५६९ मतका साथ दोस्रो स्थान मा छन् । दुई प्रतिस्पर्दी बीच १,२०५ मत को फरक रहेको छ ।

देशै भरि को मत परिणाम हेर्दा बिगतमा बिजयी हुने जनप्रतिनिधिहरुले आफुलाई शासक र जनतालाई दास सम्झी व्यवहार गरेको हुँदा सचेत जनताहरुले देश र समाजलाई परिवर्तन गर्न सक्ने जनप्रतिनिधिको खोजीमा रहेको कुरा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रत्यासी स्वतन्त्र उमेदवार बालेन्द्र शाह र धरान उपमहानगरपालिका का प्रमुखका प्रत्यासी स्वतन्त्र उमेदवार हर्क राज राई (साम्पाङ्ग) लाई आएको जनमतले प्रस्ट पार्दछ ।

आगामी दिनमा जनप्रतिनिधिहरुले जनतालाई देवता र आफुलाई सेवक ठानी व्यवहार गरे जनता को मन जित्न सक्ने कुरा स्पस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved