नयाँ वर्षमा मोटरहेडको ‘स्क्र्याच एण्ड क्याच अफर’

  • चैत्र १६, २०७८
  • १२४६ पटक पढिएको
  • न्यू पाटी
alt

नयाँ वर्ष २०७९ को अवसरमा मोटरहेडले ‘स्क्र्याच एण्ड क्याच अफर’ सञ्चालनमा ल्याएकोे छ । एड्भेन्चर सेग्मेन्टमा पृथक पहिचान बनाएको मोटरहेडको नेपाली आधिकारीक वितरक ‘एस।एल।आर टेक्नो एण्ड ट्रेड प्रा।ली’ ले नायँ वर्षको अवसरमा ग्राहकहरुलाई लक्षित गरेर यो अफर ल्याएको जानकारी दिएको छ ।

यो अफर चैत्र १५ गतेदेखि आगामी २०७९ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्ने एस।एल।आरले जानकारी दिएको छ । अफर अन्तर्गत मोटरहेडका बाईक खरीद गरेवापद् ग्राहकले सात हजारदेखि एक लाखसम्म स्क्र्याच गरि छुट पाउन सक्नेछन् । यो अफर अवधिभर खरीद गर्ने एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय नगद पुरस्कार पाउने छन् । मोटरहेडका देशैभर रहेका आधिकारीक वितरका शोरुमहरुबाट लिन सकिने छ ।   

सधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी दिएको छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयर को सुविधा सहित डिलर सञ्चालन गरिरहेको छ । साथै बिक्रिपछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको जानकारी दिएको छ ।   

हाल मोटरहेडका वाइकहरु तीन लाख पाँच हजारदेखि अधिकतम् चार लाख ५५ हजारसम्म उपलब्ध रहेका छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पिनीको विश्वास छ । ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रिमुलक कार्यक्रममा मात्र केन्द्रित नभई ‘कस्टोमर केयर डिपार्टमेन्ट’ पनि सन्चालनमा ल्याएको जानकारी दिएको छ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved