उच्च रक्तचापको उपचारमा रक्तचाप डायरीको भूमिका

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

  • चैत्र ९, २०७८
  • १३३९ पटक पढिएको
  • Dr. Om Murti Anil
alt

उच्च रक्तचापको उपचारमा रक्तचापको रेकर्ड राख्नु धेरै महत्वपूर्ण कुरा हो । धरैले रक्तचाप नाप्नु हुन्छ तर कहिँ पनि लेखेर राख्नु हुन्न र केहि दिनपछि उहाँले कुन दिन रक्तचाप नापेको हो र कति थियो भन्ने कुरा याद हुँदैन र जसले गर्दा कहिलेकाहिँ बढेको रक्तचापलाई पनि हामी नजर अन्दाज गरेका हुन्छौ ।

यदि कुनै व्यक्तिले नियमित रुपमा आफ्नो रक्तचाप नापेर रेकर्ड राख्नु भयो भने, रक्तचाप केहि हप्ता वा महिना अघिको कस्तो रह्यो थाहा हुन्छ र रक्त चापको उपचारको योजना बनाउन, औषधीको मात्रा मिलाउन, औषधीको मात्रा जारी राख्न, घटाउन, बढाउन तथा औषधीको समय कुन बेला खाने, डोज मिलाउन तथा बन्द गर्न पनि सजिलो हुन्छ ।

तर प्राय व्यक्ति जब चिकित्सक कहाँ जचाउन आउनुहुन्छ उहाहरुको भनाइ मेरो रक्तचाप ठिकै छ भन्ने हुन्छ तथा मेरो रक्तचाप अलिकति बढेको छ जस्तो छ भन्ने हुन्छ तर यस्तो उत्तरले चिकित्सकलाई व्यक्तिको उपचारमा मद्दत पुर्याउदैन । चिकित्सकलाई वास्तवमा रक्तचाप कति तल र कति माथी, कुन दिनको कती (exact value) र कुन बेला भएको हो सो कुराको जानकारी हुन जरुरी हुन्छ ।

औषधीको मात्राहरु मिलाउन को लागि संगसंगै रेकर्ड राख्दा औशत (average) रक्तचाप कस्तो छ, अधिकतम कति सम्म गएको छ, न्युनतम कति सम्म गएको छ यो सबै कुराको जानकारी रेकर्डबाट पाउन सजिलो हुन्छ र यो सबै कुरा मौखिक रुपमा भन्न गारो हुन्छ ।

रक्तचाप को रेकर्ड राख्न किन गाह्रो हुन्छ भने स् यसको लागि कलम र पेपर ल्याएर लेख्न पर्यो, लेखेको कुरालाई ठाउमा राख्न पर्यो र चिकित्सकलाई देखाउने बेलामा आफु संगै लिएर जानुपर्यो , जुन कुरा हामी बिर्सिन्छौँ ।

यि स-साना कुरा गर्न पनि गाह्रो भएकोले गर्दा अधिकतम बिरामीहरुले रेकर्ड गर्नुहुन्न । बर्षौ देखि बिरामीहरु संग गरेको अन्तरक्रियाबाट देखेको समस्या हल गर्नको लागि सजिलो र राम्रो उपाय मैले बनाएको छु, यसबाट तपाईहरुले फाइदा लिन सक्नुहुन्छ ।

यसको लागि हामीले बनाएको मोबाइल एप डाउनलोड गर्नुहोस र यसमा लग इन (Log In) गर्नुहोस । लग इन  गरिसकेपछि तपाइँ गृह पर्दामा (Home Screen) भाइटल (vital) विकल्प दिएको हुन्छ ।

image 1

भाइटल (vital) मा क्लिक गरेपछि तपाइले बि.पी  संगसंगै  तपाईको तौल, उचाइ, सुगर,  मुटुको धड्कन, अक्सिजनको मात्रा  लेखेर Save मा क्लिक गरेर रक्तचाप लगायत अन्य रेकर्डहरु सुरक्षित राख्न सक्नुहुन्छ ।

image 2

तपाइँलाई चाहिएको बेलामा आफै भाइटल  इन्टर (Enter) गर्न सक्नुहुन्छ र  भाइटल  मोबाईल एपमा रेकोर्ड गर्दा समय लेखिराख्नु पर्दैन किनभने यो एप ले  स्वत : समय देखाउछ ।

मोबाइल एप डाउनलोड गरि यदि तपाइँ यसरी रेकर्ड राख्न थाल्नु भयो भने तपाइँ चिकित्सक कहाँ जाने बेलामा "View Vital" मा क्लिक गरेर  उहालाई देखाउन सक्नुहुन्छ साथ साथै आफै पनि हेर्न सक्नुहुन्छ ।

image 3

हामीले हाम्रो नेशनल कार्डियाक सेन्टर (National Cardiac Centre) का बिरामीको लागि यस्तो प्रबिधि बिकाश गरेका छौ कि बिरामीले इन्टर (Enter) गरेको सबै महत्वोपुर्ण डेटा (Vital Data) हरु त्यहि बेलामा स्वत : (Automatically) हाम्रो Software मा आउछ र हामी संसारमा कुनै पनि भागमा भएका बिरामीको यो भाइटल डेटा (Vital Data) रेकर्ड विस्तारमा हेर्न सक्छौ र बिरामीलाई नहेरेर पनि टाढैबाट पनि उचित सल्लाह दिन सक्छौ ।

त्यसैले तपाईहरु यो मोबाइल एप एक पटक डाउनलोड गरेर लोग एन ( Log In ) गरेर सकृय रुपमा चलाउन सक्नुहुन्छ र यो एप निशुल्क : पनि हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved