रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै

  • चैत्र ६, २०७८
  • १३७१ पटक पढिएको
  • एजेन्सी
alt

 २५ दिनदेखि जारी रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गएको छ । रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आक्रमण शुरु गरेको थियो । पछिल्ला दिनमा रुस युक्रेन युद्ध खतरनाक मोडमा पुगेको छ । अहिले युक्रेनभर रुसी सेनाले हवाई आक्रमण गरिरहेका छन् । युक्रेनको भनाई अनुसार मानवीय आश्रयस्थल भनेर चिन्ह लगाएको स्थानहरुमा समेत रुसी सेनाले आक्रमण गरेका बीबीसीले जनाएको छ ।

मानवीय सहायताका लागि युक्रेनका शहरहरुमा प्रवेश गर्न खोज्नेहरुलाई समेत रुसी सेनाले रोकेका छन् । युक्रेनी नागरिककको स्थिति निकै भयाबह बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुसले युक्रेनमाथि कब्जा जमाउन आक्रमण बढाउँदै लगेको छ । रुसी सेनाको बम र हवाई आक्रमणबाट युक्रेनी नागरिकका ८० प्रतिशत घरहरु पूरै ध्वस्त भएका छन् ।


पूरै युक्रेनमा युद्धको साइरन बजेको छ । युद्धबाट जोगिन ३३ लाखभन्दा बढी युक्रेनी नागरिक शरणार्थीका रुपमा युक्रेनको पश्चिमी सीमा पार गरेर भागेका छन् । रुसी सेनाले युक्रेनका धेरैजसो शहरहरु आफ्नो कब्जामा लिएपनि राजधानी समेत रहेको कीभलाई कब्जा गर्न सकेको छैन । राजधानी शहर कब्जा गर्न नदिन युक्रेनी सेनाले बहादुरीपूर्वक रुसी सेना बिरुद्ध लडिरहेका छन् ।

युक्रेनको अधिकांश सहरमा रुसी आक्रमणको चेतावनी जारी गरिएको छ । युक्रेन सरकारले आफ्ना नागरिकहरुलाई सावधानी अपनाउन भन्दै सुमी, माइकोलाइभ, टेर्नोपिल, पोल्टाभा, किरोवोहराद, खार्किभ, जापोरिज्जिया, कीभ,लवीव, चेर्कासी, जाइटोमीर, विनिट्सिया , ओडेसा र ओब्लास्टमा हवाई आक्रमणको चेतावनी जारी गर्दै साइरन बजाएको छ ।

शनिबार मात्रै रुस र युक्रेन युद्धबीच बिभिन्न स्थानमा फसेका युक्रेनी नागरिकहरुलाई बाहिर निकाल्न निर्माण गरिएको ह्ुुयुमन करिडोरमार्फत खतरा क्षेत्रबाट ६ हजार ६२३ जनालाई बाहिर निकालिएको थियो । रुसले युक्रेनमा धेरै ठूलो युद्ध अपराध गरेको युक्रेनको आरोप छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved