इटहरी : बढ्दो शहरीकरण संगै मानिसहरुको कार्यव्यस्ततालेगर्दा सुरक्षित यात्राको लागि साना सवारी साधनहरुको माग दिन प्रतिदिन बढ्दो छ । बजारमा साना सवारी साधनहरु थपिदै गर्दा सवारी साधनको नियमित स्याहार सम्भार तथा सर्भिसिङ गर्ने सेन्टरहरुको स्थापना पनि बढ्दो छ ।
साना सवारी साधनको नियमित स्याहार सम्भार तथा सर्भिसिङ गर्ने उदेश्यका साथ सुनसरीको इटहरीमा आशिस सर्भिस सेन्टरले यहि माग २३ गते देखि ग्राहकहरुलाइ सेवा दिने गरि सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
सेन्टरका सञ्चालक गणेश कार्की का अनुसार स्थापना भएको यस आधुनिक सर्भिस सेन्टरले अत्याधुनि प्रविधिबाट सेवा दिदै सुफत मूल्यमा स्पेयर्स पाट्स उपलब्ध गराउने पत्रकार सम्मेलन मार्फत सनिवार जानकारी दिएका थिए ।
बिगत ११ बर्ष देखि सञ्चालित उक्त सेन्टरले अबका दिनहरुमा आफ्नै भवनबाट ग्राहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने पनि सञ्चालक कार्कीको भनाई थियो । आगामी दिनमा सर्भिसङ् सेन्टरसंगै गाडी सर्भिस र मर्मतका लागि आउने आफना ग्राहकहरुलाई लक्षित गरी एकै छानामुनीबाट क्याफे ,सैलुन , लगायतको सेवा समेत प्रदान गर्ने गरी काम भई रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved