डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडको बराहक्षेत्र शाखा कार्यालयमा चोरीको प्रयास

  • माघ ५, २०७८
  • ९२२ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यालयमा मङ्गलबार रातको समयमा चोरीको प्रयास भएको छ।

कर्मचारी सुजन शेर्माका अनुसार चोरले झ्यालको ग्रिल फोडि कार्यालय भित्र पसि दराज लगायत खोलि नगद रुपैयाँ छ छैन भनि खोज बिन गरेको थियो ।

ग्राहकले जम्मा गरेको रुपैयाँ पैसा सेफमा राख्ने गरेको कारण नगद लान नसकेको बताउँदै भने दराजमा १ थान ल्यापटप र २ थान ट्याब भएता पनि चोरले नलगेको‌ तथा बैंकिङ अन्तर्गतका कागजातहरुलाई पनि कुनै क्षति नपुराएको कुरा शेर्माले जानकारी दिए । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय चतरामा शान्ति, सुरक्षा गरी पाउ भनि निवेदन दिने कुरा शेर्माले बताए ।

इलाका प्रहरी कार्यालय चतराका स.इ. चेत नारायण माझीका अनुसार सङ्कास्पद व्यक्तिहरुलाई छानबिनको दायरामा राखि निगरानी गर्ने कुरा बताए ।

छिन्नमस्ता ज्वेलर्स तथा सुनचाँदी व्यवसायी संघ सुनसरीका कोषाध्यक्ष रन्जित लोहनीका अनुसार वडा नं १-२ मा बैंकिङ कारोबार गर्ने तथा आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बेश क्याम्प चतराले रातको समयमा गस्ति बढाइ दिन तथा सार्वजनिक स्थलहरुमा सिसि क्यामरा जडान गरी दिन सम्बन्धित निकाय संग आग्रह गरे ।

यस अघि पनि वडा नं १-२ मा स्थानीय व्यक्तिहरु सुभरा राई, सन्तोष साह, आलोक श्रेष्ठ, राजु कटुवाल, राम राई तथा सेन्चुरी बैंकमा कार्यरत कर्मचारी मोहन दाहाल लगायतले पार्किङ गरी राखेको स्थानबाट रातको समयमा मोटरसाइकल चोरी भइ सकेको छ ।

सप्तकोशी ज्वेलर्सको ढोका फोडि अन्दाजी ४ लाख ५० हजार रुपैयाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको कुरा महेश वि.क.ले बताउँदै भने चोरीको घटनामा दिन प्रतिदिन वृद्धि भइ रहेको छ ।

आज सम्म पनि प्रहरी, प्रशासनले चोरी गर्ने एक जना व्यक्ति पनि पक्राउ गर्न नसक्नुको कारण के हो उनले आक्रोश व्यक्त गर्दै भने यस क्षेत्रमा चोरी गर्ने सक्रिय ठुलो गिरोह हुने आसङ्खा व्यक्त गर्दै चोरीको घटना रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले रातको समयमा चेक जाँच गर्नु पर्ने तथा सङ्कास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोध पुछ गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved