२२ औं गोधुली रनिङ कप फुटबलको उपाधी १६ नं. वडालाई

  • माघ २, २०७८
  • ६४२ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : २२ औं संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधी १६ नं. वडाले जितेको छ ।

आज धरान रंगशालमा भएको फाइनल खेलमा वडा नं. १३ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै १६ नं. वडाले उपाधि जितेको हो । उपाधी सँगै १६ नं. वडाले नगद १ लाख ५० हजार पुरस्कार समेत जितेको छ । त्यस्तै गरी विधागत उपाधीमा पनि १६ नं. वडा अगाडी रह्यो ।

उपविजेता भएको १३ नं. वडाले नगद ७५ हजार पुरस्कार जितेको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई वडा नं. १८ का वडाध्यक्षले थप २५÷२५ हजार पुरस्कार प्रदान गर्नुभएको थियो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा १६ नं. वडाका प्रविन भुजेल, मनिष बस्नेत, शैलेन्द्र नेपाल र खुशीमान लिम्बूले गोल गरेका थिए भने सरोज लकान्द्री गोल गर्न चुकेका थिए । टाइब्रेकर १३ नं. वडाका दोर्जे तामाङ, निश्चल श्रेष्ठ र मन्दिप राईले गोल गरेका थिए भने मिलन लिम्बू र अशोक कटवाल गोल गर्न चुके ।

गतवर्ष टाइब्रेकरमा नै १४ नं. वडासँग पराजत हुँदै उपविजेतामा सिमित भएको १६ नं. वडाले यसवर्ष उपाधी जितेको छ । १६ नं. वडाका टिम मेनेजर श्यामकुमार लिम्बूले खेलाडीहरुले अन्तिम सम्म मेहनतपूर्वक खेलेकोले जित हात पारेको बताउनुभयो । १३ नं. वडा हामी भन्दा बलियो भएपनि रक्षात्मक भएर खेललाई टाइब्रेकरमा पु¥याउने आफ्नो रणनीति सफल भएको लिम्बूले बताउनुभयो ।

विधागत पुरस्कारमा समेत १६ नं. वडा अगाडी देखिएको छ । प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी १६ नं. वडाका जलन तुम्वापो लिम्बू घोषित भएका थिए । उनलाई नगद १५ हजार र ट्रफिले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको उच्च गोलकर्ता १६ नं. वडाका सरोज लकान्द्री रहेका थिए । उनलाई नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्रदान गरिएको थियो । खेलको म्यान अफ द म्याच १६ नं. वडाका मनिष बस्नेत घोषित भए । प्रतियोगिताको बेष्ट गोल किपर १६ नं. वडाका ऋतेष निरौला घोषित भए भने प्रतियोगिताको बेष्ट कोच १६ नं. वडाका दिवस मगर घोषित भए । उनीहरुलाई ट्रफि तथा नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको बेष्ट डिफेन्स १३ नं. वडाका निश्चल श्रेष्ठ घोषित भए भने बेष्ट स्ट्राइकर १३ नं. वडाकै मिलन लिम्बू घोषित भए । त्यस्तै १३ नं. वडाका विवेक राई प्रतियोगिताको बेष्ट मिडफिल्डर घोषित भएका थिए । उनीहरुलाई ट्रफि तथा नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उदयमान खेलाडी १७ नं. वडाका सुवल राई घोषित भए । उनलाई नगद ५ हजार ५ सय र ट्रफिले पुरस्कृत गरेका थिए । प्रतियोगिताका विजेता टिमलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

पत्रकार रोहित राई र खेलाडी विष्णु सुनार पुरस्कृत

20220116_155431

गोधुली क्लबका संस्थापक तथा वडास्तरीय प्रतियोगिताको परिकल्पनाकार स्व. सुवास राईको स्मृतिमा स्थापना गरिएको सुवास राई स्मृति पत्रकारीता पुरस्कारबाट धरानका रोहित राईलाई सम्मान गरिएको थियो । पत्रकार रोहित राई नागरिक दैनिक धरानका संवाददाता एवं क्लिक धरान डटकमका सम्पादक हुनुहुन्छ । उहाँलाई धरानको पत्रकारीता क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको थियो ।

20220116_155703

गोधुली क्लबका पूर्व खेलाडी विष्णु सुनारलाई पुरस्कृत गरिएको थियो । गोधुली क्लबका उत्पादन रहनुभएका सुनारले ए डिभिजन क्लबमा फुटबल खेलेर गोधुली क्लब तथा धरानको नाम उच्च राखेको भन्दै पुरस्कृत गरिएको थियो । उहाँलाई नगद २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved