पुराण चोक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न

  • पुस २९, २०७८
  • १०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पुराण चोक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड इटहरीको ९ औं वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सहकारीका अध्यक्ष हरि खतिवडाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्टको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा जेष्ठ नागरिक सहित विभिन्न विद्यामा सम्मान गरेको हो ।

पुराण चोक दुग्ध सहकारीलाई धेरै दुध विक्री गर्न सफल गंगादेवी राउत, धेरै दुध खरिद गर्ने निराजन समशेर राणा, मुकुन्द दाहाल, गुणस्तर दुध दिने र नियमित दुध सहकारीलाई दिने धर्म सुन्दर कार्की र भवानी प्रसाद आचार्य लाई सम्मान गरियो । त्यसै गरी जेष्ठ नागरिकहरु देवीमाया कार्की र धनबहादुर काफ्लेलाई समेत सम्मान गरिएको व्यवस्थापक राजन भट्टराईले जानकारी दिए ।

वार्षिक साधारण सभामा लेखा समितिको तर्फबाट संयोजक डम्बर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सहकारीमा १ सय ४८ जना महिला तथा ६५ जना पुरुष शेयर सदस्य रहेको र शेयर पुँजी १४ लाख ४५ हजार ४ सय कर्जा लगानी तर्फ २१ लाख १५ हजार र निक्षेप तर्फ ७ लाख ९३ हजार ५ सय ६७ रुपैंया रहेको उल्लेख गरिएको छ । 

वार्षिक साधारण सभामा कामधेनु दुग्ध सहकारी संस्थाका ब्यवस्थापक पर्शुराम कार्की इटहरी उपमहानगरका पशुपंक्षी शाखाका नारायण प्रसाद रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved