प्रथम बराह च्यालेन्ज कपको आम्दानी तथा खर्च सार्वजनिक

  • पुस २७, २०७८
  • ६६७ पटक पढिएको
  • सन्तोष गुप्ता
alt

बराहक्षेत्र : हाटखोला फुटबल क्लबले मंसिर २३ गतेदेखि पौष ३ गतेसम्म आयोजना गरेको "प्रथम बराह च्यालेन्ज कप फुटबल प्रतियोगिता" को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । क्लबले मंगलवार बराहक्षेत्र नपाको वडा नं २ को कार्यलयमा पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको हो ।

आय व्वय प्रस्तुत गर्दै क्लबका सचिव रोहित साहले प्रतियोगिताकोे आय तर्फ ४ लाख ४५ हजार १ सय ८४ रुपैंया रहेको छ भने ५ लाख ९६ हजार ५ सय १४ रुपैया खर्च भएकोे बताए ।

फुटबलमा आय तर्फ प्रथम पुरस्कार चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले ५१ हजार, दोश्रो पुरस्कार आदर्श सामुदायिक वनले ३१ हजार, टुवोर्ग बियरले १२ हजार, यसैगरी विभिन्न संघ संस्थाले ५१ हजार ५ सय ६२ रुपैंया, विदेशमा रोजगारी तथा प्रवासी नेपाली वाट १ लाख ६ हजार ७ सय १५ र स्थानिय बाट १ लाख ९२ हजार ७ सय १५ र स्थानिय चन्दा सहयोग प्राप्त भएको क्लब सचिव रोहित साहले बताए । साहले फुटबलमा आम्दानी भन्दा बढि विभिन्न २१ शिर्षकमा खर्च भएकोले १ लाख ५१ हजार ३ सय ३० रुपैंया घाटा भएको बताए ।

मंसिर २३ गते देखि पुष ३ गते सम्म स्थानिय बाइसविघे खेल मैदानमा आयोेजना गरिएको नकआउट फुटबल प्रतियोगितामा धरान उप मानपा र रामधुनी भासी नपाको १-१, आयोजकको २ र नगरपालिकाको अन्य वार्डको ७ गरी १० टिमले भाग लिएका थिए ।

स्थानिय स्तरमा फैलिएको लागुपदार्थको दुर्व्यसनको न्युनीकरणको लागि युवाहरुलाई खेलकुद मार्फत रचानात्मक सचेतना जगाउन २०७८ मा क्लब स्थापना गरिएको भन्दै, फुटबल क्लब लाई स्थानिय व्यक्तिले निःशुल्क जग्गा दिने भएको र खेलमैदान निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने भएको क्लबका अध्यक्ष बिकास सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved