इटहरीमा पृथ्वी जयन्ती धुमधामका साथ मनाईयो

  • पुस २७, २०७८
  • ५१७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती सुनसरीको इटहरीमा पनि नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती समारोहको आयोजना गरी मनाइयो ।

नेपाल एकीकरणको ऐतिहासिक पाटोको स्मरण गर्दै वि.सं. २०६९ साल देखि हरेक वर्ष इटहरीमा पौष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउदै आए बमोजिम यस वर्ष पनि औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

सन्तवहादुर डुम्जनको संयोजकत्वमा नेपाल एकीकरण तथा ३००औं पृथ्वी जयन्ती समारोह गठन गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरिएयो । समारोह संयोजक डुम्जनको अध्यक्षता तथा प्रा.डा.राजाराम सुवेदीे प्रमुख वक्ताका रुपमा आयोजना गरिएको कार्यक्रममा प्रमुख वक्ता सुवेदी लगायतले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको भुमिकाका विषयमा चर्चा गरेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाल एकीकरण कर्ता पृथ्वी नारायण शाह नेपालीले विर्सन नहुने राष्ट्रिय विभुति रहेकोमा समेत जोड दिएका थिए ।

कार्यक्रममा प्रा.डा.बद्रीविशाल पोखरेल ,डा.हरीप्रसाद दाहाल आयोजक समितिका सचिव प्रदिम रेग्मी लगायतले स साना राज्यका रुपमा विभाजित राज्यहरुलाई एकीकृत गरी पृथ्वी नारायण शाहले नेपाल निर्माण गरेको ऐतिहासि पाटो भुल्नु नहुने भन्दै पृथ्वी नारायण शाहको नेपाल निर्माणमा योगदानको चर्चा गरेका थिए ।

सो कार्यक्रममा पृथ्वी नारायण शाहको प्रतिकका रुपमा सुर्यमणी निरौलाले भुमिका निभाएका थिए भने नेपाल एकीकरण मा पृथ्वी नारायण शाह विषय वक्तृत्वकला प्रतियोगितामा कलेज तर्फ प्रमथ हुने कस्तुरी कलेजकी छात्रा सन्निमा लिम्वु , दोस्रो हुने नमुना कलेजका छात्र सुजित सापकोटा र तेस्रो हुने सिवी कलेजकी छात्रा अनुराधा चौधरीलाई नगद सहित पुस्कृत गरियो ।

त्यसै गरी सो विषयको वक्तृत्वकला प्रतियोगिता अन्तरगत विद्यालय तहमा प्रमथ हुने ज्योति माविकी अदिती दाहाल , दोस्रो हुने गोकियो इन्टरनेशनल स्कुलका आयुष आचार्य र खनार सनसाइन वोर्डिगं स्कुलकी सरस्वती ढकाललाई समेत नगद सहित पुरस्कृत गरियो ।समारोह अघि राष्ट्रनिमार्ता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा इटहरीको मुख्य चौक क्षेत्रमा र्याली निकालीएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved