इटहरीमा पृथ्वी नायारण शाहको ३०० औँ जन्मजयन्ती भब्यताका साथ मनाइने

  • पुस २५, २०७८
  • ६३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पृथ्वी नायारण शाहको ३०० औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा भब्यताका साथ मनाइने भएको छ ।

विगतका वर्षहरुमा झैँ यस वर्ष पनि पौष २७ गते इटहरमिा नेपाल एकिकरणका नायक, राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती धुमधामका साथ मनाउने तयारी गरिएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

मुल समारोह समितिका अनुसार जयन्ती तथा एकता दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको बताउदै मुल समारोहका संयोजक सन्त बहादुर डुम्जनले बताए ।

यस वर्ष पनि पृथ्वी नारायण शाहको स्वरुप बनाएर सूर्य निरौलालाई घोडसवार गराएर झाँकी प्रदर्शन सहित बजार परिक्रमा गरिने बताउँदै राष्ट्र निर्माता शाहको जन्मदिनलाई भव्यताका साथ मनाउन सम्पूर्ण देशवासीलाई समेत पत्रकार सम्मेलनमा आग्रह गरे ।

उनले पृथ्वी जयन्ती कार्यक्रम आयोजक समिति भित्रैबाट रकम संकलन गरेर विसुद्ध ढङ्गले कार्यक्रम सम्पन्न गर्ने पनी जानकारी दिए ।

त्यस्तै समितिका कमलेश शर्मा पौडेलले कार्यक्रम कुनै पार्टीले नभइ नागरिक स्तरबाट आयोजना गरिएने बताए ।

जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विगतमा झैँ यस वर्षपनि उक्त दिन इटहरीका विद्यालयहरु विदा रहने जानकारी दिए ।

यस वर्ष समितिले जयन्ती तथा दिवसका अवसरमा वक्तित्वकला प्रतियोगीताको आयोजना पनि गरेको छ । पत्रकार सम्मेलनमा मुल समारोहका सचिव प्रदिप कुमार रेग्मी, कमलेश शर्मा पौडेल, श्री प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved