सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिगको उपाधी धरान फुटबल क्लबलाई

  • पुस २५, २०७८
  • ७७६ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको उपाधी धरान फुटबल क्लबले जितेको छ । इटहरी रंगशालामा आज आइतबार सम्पन्न फाइनल भिडन्तमा धरानकै गोधुली क्लबलार्ई सडेन डेथमा पराजित गर्दै धरानले उपाधी जितेको हो ।

उपाधीसंगै प्रदेश लिगको लागि समेत छनौट भएको धरान फुटबल क्लबले नगद ५० हजार रुपैयाँ हात पारेको छ भने उपबिजेता गोधुली क्लबले नगद २५ हजार रुपैयाँमा चिक्त बुझाएको छ ।

इटहरी रंगशालामा आज आइतबार भएको फाइनलमा निर्धारित ९० मिनेट र त्यसपछीको १५ मिनेट थपिएको अतिरिक्त समयमा समेत दुबै टिमबाट गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउट समेत दुबै टिमले ५–५ गोलको बराबरी खेलेपछी खेलको निर्णय सडेन डेथबाट लिइएको हो ।

सडेन डेथमा गोधुलीका निमा शेर्पाको प्रहार बाहिरिनु नै उसका लागि दुर्भाग्य बन्दा धरान फुटबल क्लबका सुबेश राइले गोल गर्न सफल भएपछी धरानको भाग्य चम्किएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच गोधुली क्लबका सबिन राई घोषित भए । बिधागत पुरस्कारतर्फ धरान फुटबल क्लबकै बर्चश्व रह्यो । धरान फुटबलका क्याप्टेन रिवश मास्के उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । धरानकै राजीव खड्का उत्कृष्ट गोलकिपर र सागर घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । गोधुली फुटबल क्लबका सुशिल राई उत्कृष्ट मिडफिल्डर, राष्टिय जागृती क्लब इटहरीका अनिष चौधरी उत्कृष्ट डिफेन्स, न्यू स्टार क्लब बराहक्षेत्रका सन्दिप श्रेष्ठ उत्कृष्ट स्टाईकर घोषित भए । उनीहरु सबैले जनही ३ हजार ५ सय नगद पुरस्कार पाए ।

सुनसरी जिल्ला फुटबल संघका आयोजनामा सम्पन्न लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved