औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न

  • पुस १७, २०७८
  • ६७८ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

चतरा : बराहक्षेत्र नगरपालिका वडा नं २ मा अवस्थित औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा बोलबम धर्मशाला चतरामा आज सम्पन्न भएको छ ।

स्वागत मन्तव्य समितिका उपाध्यक्ष सोमराज बस्नेत (दिपेश) ले दिएका थिए । बार्षिक प्रतिवेदन अध्यक्ष रमेश कुमार बिष्टले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक शान्तिराम खतिवडाले वाचन गरेर सुनाएका थिए ।

संस्थाले वार्षिक ३७ लाख २१ हजार ५ सय २१ रुपैयाँ २३ पैसा वार्षिक आय विवरण सार्वजनिक गर्दै वर्ष ०७७/७८ मा २ करोड ४ लाख ४५ हजार ऋण लगानी गरेको छ भने १ करोड ६४ लाख ५३ हजार २ सय ४४ रुपैयाँ ३ पैसा असुली गरेको छ । संस्थाले चालु आर्थिक वर्षमा ३ करोड ६२ लाख १ हजार ७ सय ३२ रुपैयाँ २० पैसा निक्षेप सङ्कलन गरेको अध्यक्ष विष्टले बताए ।

असल ऋणि पुरूष तर्फबाट भरत शाह, महिला तर्फबाट चम्पा श्वरि राईलाई नगद रु. २५०० सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

शिक्षा क्षेत्रबाट अध्यक्ष रमेश विष्टकी छोरि छात्रा उषा विष्ट ग्लोबल स्कुलबाट १२ को परिक्षामा ३.५५ जिपिए ल्याउन सफल भएकि तथा उत्कृष्ट छात्र डिक बहादुर श्रेष्ठका छोरा हेम कुमार श्रेष्ठ एम्स एकेडेमी बाट ३.१५ जिपिए ल्याएका उनिहरूलाई २५०० नगद सहित प्रशंसापत्रले उपाध्यक्ष सोमराज बस्नेत (दिपेश) ले तथा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका आर्थिक शाखा प्रमुख मात्रिका प्रसाद खतिवडाले प्रदान गरेका थिए ।

संस्थाबाट ऋण लिएर नतिर्ने २५ जना ऋणिहरूको नाम समेत ऋण समितिका संयोजक पुष्पदिप पौडेलले सार्वजनिक गरेका थिए । उक्त ऋण लानेहरूलाई पुन संस्थाले पत्र काट्ने र ऋण असुल उपर गर्ने कुरा समेत संयोजक पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा अतिथिहरू वृहत्तर बराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरे, बराहक्षेत्रका अग्रज समाजसेवि गणेश सुुब्बा विरहि, समाजसेवि अ‍ोम कुमार शर्मा, चतरा बहुउद्देश्यीय सहकारी संस्था चतरा कि अध्यक्ष सिता भण्डारी पौडेल, बराहक्षेत्र नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई, तोरिवारी खानेपानि संस्थाका अध्यक्ष डम्बर प्रसाद सिग्देल, बसन्त ऋतु सहकारी संस्थाका अध्यक्ष दुर्गा बुदाथोकी, सरोबर सहकारी संस्थाका अध्यक्ष रोसन श्रेष्ठ, पुष्प पौडेल, प्रकाश बस्नेत, राजु कार्की, इश्वर श्रेष्ठ, सरीता खड्का, प्रदिप श्रेष्ठ, कुमार श्रेष्ठ, सुजन श्रेष्ठ, निर्मला पोख्रेल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved