सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

  • पुस १४, २०७८
  • १७८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै : सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ ।

उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।  पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताउनुभयो । उहाँका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved