कृषिजन्य उत्पादनमा बजारीकरणको अभाव

  • पुस ११, २०७८
  • ७७४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : साना किसान तथा कृषि सहकारीहरुले विभिन्न कृषि उपज र कृषिजन्य उत्पादनहरु गर्दै आएपनि बजारिकरणको अभावमा समस्या झेल्दै आएको गुनासो वढी रहेको समयमा सुनसरीको इटहरीमा कृषिसंग सम्वन्धीत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

साना किसान तथा अन्य कृषि सहकारी संघ संस्थाको बजारिकरण र व्यवसायीकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १ को आयोजनामा सम्पन्न भएको हो ।

सगुन कृषि सहकारी संस्था लिमिटेडको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृषिसंग जोडिएका सहकारीहरुले गर्दै आएको गतिविधिहरुका विषयमा जानकारी गराइएको थियो । सो क्रममा सगुन कृषि सहकारी संस्थाले गर्दै आएको कृषि प्रणाली ,यन्त्रिकरण , बजार र बजारिकरणका विषयमा सहकारीका अध्यक्ष टिकादत्त वनले जानकारी गराएका थिए । त्यसै गरी प्रदेश नम्वर १मा कृषिमा आधारित गतिविधिहरु समेटिएको दिपकराज पाण्डेको समेत कार्यक्रममा प्रस्तुति रहेको थियो ।

कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १ तर्दथ समितिका अध्यक्ष खगेन्द्रराज भण्डारीको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघ लिमिटेड मोरगंका अध्यक्ष राजेन्द्र आचार्य , सुनसरीका अध्यक्ष भोलाकाजी बस्नेत र केन्द्रकी उपाध्यक्ष मिना ढकाल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved