इटहरी : आगामी पुष १७ गते सुनसरीको इटहरीमा रिफ्रेस नाईट कन्सर्ट हुने भएको छ । ग्यालरी इभेन्टर्स नेपाल प्राइभेट लिमिटेडले अंग्रेजी नया वर्षको अवसर पारेर पुस १७ गते इटहरी रंगशालामा रिफ्रेस नाईट कन्सर्टको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
कन्सर्टमा नेपालका राष्ट्रिय तथा चर्चित गायकहरु प्रमोद खरेल, अल्मोडा राना उप्रेती , प्रकास सपुत लगायतको बजोड पस्तुती रहने कार्यक्रम संयोजक विजय गिरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कन्सर्टबाट प्राप्त केही रकम मानसिक रोगीहरुलाई संरक्षण गर्दै आएको माया घर नेपालमा पनि सहयोग गर्ने गिरीले जानकारी दिए ।
कन्सर्टमा स्थानिय डान्स सेन्टरहरुको पनि प्रस्तुती रहने छ भने कार्यक्रमका लागि ८ लाख खर्च लाग्ने आयोजक समूहको अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved