वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वतन्त्र नागरिक समाज द्वारा प्रदर्शन

  • मंसिर १३, २०७८
  • ५७३ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँदा बिरामीको उपचारमा असर पुगेको, बेथिती र बिक्रिती मौलाउँदै गएको भन्दै धरानको स्वतन्त्र नागरिक समाजले आज प्रदर्शन गरेको छ ।

घोपा क्याम्प परिसर भित्र नागरिक समाजका अगुवा हर्क साम्पाङको नेतृत्वमा नाराबाजी सहित प्रदर्शनी गरिएको हो । कार्यकारी बिहिन हुँदा सानो भन्दा सानो कामहरु रोकिएको, उपचारका लागि प्रयोग हुने कैयौं उपकरणहरु बिग्रिएर उपचारमा बाधा पुगेको अवस्थामा नयाँ खरिद गर्न नमिलेको जसले गर्दा धेरै टाढा-टाढा बाट उपचारका लागि आएका मानिसहरुले सास्ति खेप्नुपरेको साम्पाङले जानकारी दिए ।

यतिको लामो समय सम्म प्रतिष्ठान कार्यकारी बिहिन हुँदा पनि सरकारले केही चासो न देखाएको भन्दै चाँडो भन्दा चाँडो निकास दिनका लागि सरकारलाई दवाब दिने उधेश्यले यो आन्दोलन गरिएको साम्पाङले बताए ।

कार्यकारी पदमा नभएता पनि तलब निकासा भइरहेको तर काम भने अलपत्र रहेको भन्दै जति सक्दो चाँडो यो कुराको समाधान निकाल्नु पर्ने नभए अझै ससक्त रुपमा आन्दोलनका कार्यक्रमहरु ल्याउने नागरिक समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved