शिक्षा विना मानिसको जीवन चल्न नसक्ने मुख्यमन्त्री राई

  • मंसिर १३, २०७८
  • ५५२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न नसक्ने वताएका छन ।

सुनसरीको इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ६६औं बार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन ।

मुख्यमन्त्री राईले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य वनाउन समेत शिक्षाको महत्व रहेको समेत सो अवसरमा वताए । विद्यालयको शैक्षिक उन्नतिका लागि अक्षयकोष स्थापना गर्न रकम उपलव्ध गराउनेहरु लगायतलाई सम्मान गरियो । हाल विद्यालयको अक्षयकोषका लागि १२ लाख पुगिसकेको सो अवसरमा जानकारी गराइयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोक्षय कोषका लागि रकम जुटाउने शिक्षिका तृप्ता मगर लगायतका ८ जना शिक्षक शिक्षिका , ५जना पुर्व शिक्षक अभिभावक समितिका , २जना विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष र ६२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

IMG_2470

त्यसै गरी वार्षिकोत्सवका अवसरमा आयोजित एकल नृत्यकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मिन कुमार मगर, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव रितेश क्षेष्ठ, विद्यालयका प्रधानाध्यपक सरण बस्नेत लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved