नेपाली कांग्रेस सुनसरीको सभापति पदमा केदार भण्डारी निर्वाचित

  • मंसिर १३, २०७८
  • ८४२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली कांग्रेस सुनसरीको सभापति पदमा केदार भण्डारी निर्वाचित भएका छन् । संस्थापन इतरका भण्डारीले १४ सय २२ मत प्राप्त गरे । संस्थापन समुहका सभापति पदका प्रत्यासी सञ्जय प्रसाद श्रेष्ठले १३ सय ९ मत प्राप्त गरे ।

केन्द्रीय राजनीतिमा प्रभावशाली उपस्तिथि भएका कांग्रेस उप-सभापति विजय कुमार गच्छदार र केन्द्रीय सदस्य तथा सुचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समुहका उम्मेदवार श्रेष्ठलाई हराउदै दुई कार्यकाल निर्वाचित सचिवको भुमिका निभाईसकेका भण्डारीले सुनसरी कांग्रेसमा बाजी मारेका हुन ।

त्यस्तै उपसभापति पदमा भण्डारी समुहकै नगेशचन्द्र राई र पंकज कुमार महतो विजयी भएका छन । विजयी राईले १३ सय ३५ मत प्राप्त गरे भने महतोले १३ सय १३ मतले विजय हाँसिल गरे । उपसभापति पदका प्रत्यासी गफार अंसारी मिया र महेश दत्तले क्रमश १२ सय ९७ र ११ सय ६६ मत प्राप्त गरे ।

सचिव पदमा श्रेष्ठ प्यानलका विरेन्द्रकुमार साहले १४ सय ६७ मत प्राप्त गरी विजयी हुँदा अर्को सचिवमा भण्डारी प्यानलका माधब बहादुर घिसिङ्गले १२ सय २९ मत प्राप्त गर्दै श्रेष्ठ प्यानलका रन्जेश भट्टराईलाई १ मतले पराजित गरे, भट्टराईले १२ सय २८ मत प्राप्त गरे ।

त्यसैगरी सह-सचिव पदमा श्रेष्ठ प्यानलका उम्मेदवारहरु गणेश सुब्बा र मनिष कुमार राय निर्वाचि भए । विजयी उम्मेदवारहरुले क्रमश १३ सय ५ र ११ सय ७७ मत प्राप्त गरे । भण्डारी प्यानलका सह-सचिव उम्मेदवार गिरिधारी प्रसाद साह र सुनिल कुमार साहले क्रमश १ हजार ४३ र १ हजार ७० मत प्राप्त गरे ।

प्यानल बाहिरबाट सचिव पदमा उम्मेदवारी दिएका रमेश पालले ९२ मत प्राप्त गर्दा प्यानल बाहिरबाटै सह-सचिव पदमा उम्मेदवारी दिएका कालुराम चौधरीले ३ सय ४१ र रमेश कटुवालले २ सय ६७ मत प्राप्त गरे ।

त्यसैगरी जिल्लाको अपाङ्ग कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा १३ सय ६४ मत प्राप्त गर्दै उपेन्द्र प्रसाद मेहता विजयी भएका छन । निकट विजयी सविता सुवेदीले ११ सय ७६ मत प्राप्त गरिन । जिल्लाकै अपाङ्ग कोटाबाट ११ सय ६३ मत प्राप्त गर्दै देवेन्द्र पौडेल प्रदेश महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भए । सोही कोटाबाट चुनाव लडेका गोपाल राई (कालुराम) ले १ हजार ७० मत प्राप्त गरे । जयनारायण
सिंह दनुवारले ६७ र डा.विसमभर यादवले २ सय ६४ मत प्राप्त गरे ।

सभापति देउवा पक्षका प्रभावशाली नेताहरु गच्छदार र कार्कीको सुनसरी जिल्लाभर प्रभाव कम देखिएको छ । सभापतिमा निर्वाचित भण्डारीलाई निवर्तमान जिल्ला सभापति तथा नेपाली कांग्रेस प्रदेश नं १ का संसदीय दलका नेता राजिव कोईरालाको समर्थन थियो ।

आफ्नो गुटका उम्मेदवार जिताउन नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विजय कुमार गच्छदार र ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन शुरु हुनु अघि नै सुनसरीमा छन ।

आफु अनुकुल नतिजा नआउने भएपछि गच्छदारले आफुले तयार गरेको नाम मात्रैको लिष्टमा निर्वाचन गराएर सुनसरी क्षेत्र नं ३ को क्षेत्रीय समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए । मन्त्री कार्की भने आफ्नो गुटका उम्मेदवार जिताउन सुनसरीमै रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved