किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाद्धार एभिन्यूजकर्मी दिपक कार्की सम्मानित

  • मंसिर ११, २०७८
  • २७६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त गर्न सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफना गतिविधिहरको सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै एकाईगतमा रुपमा मनाइएको २०औं बार्षिक साधारण सभामा एभिन्युज खबरका सम्वादाता दिपक कार्की लगायतलाई सम्मान गरेको हो ।

बालग्राम चोक एकाई अन्र्तगत आयोजित २०औ बार्षिक साधारण सभामा सहकारीका सल्लाहकार प्रमुख कृष्णविनोद लम्साललाई विशेष सम्मान गरियो । सञ्चारक्षेत्रका साथै साहित्यका माध्यमबाट समाजमा उल्लेखिय योगदान गरेको भन्दै लम्साललाई सम्मान गरिएको हो त्यसै गरी सहकारीका सस्थापक अध्यक्ष चुडामणी लम्साल , उत्कृष्ट कर्मचारी सरोज आचार्यलाई समेत सम्मना गरियो । सहकारीको वार्षिक साधारण सभाको अवसरमा जेष्ठ सदस्य ,माता पिता सम्मान पनि गरिएको थियो ।

सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । २० वर्ष अघि ३४जना सदस्य १७सय रुपैया कुल पुजीबाट सुरु भएको सहकारीमा अहिले १४हजार बढी सेयर सदस्य र ९२करोड बढी कुल पुँजी रहेको सो अवसरमा उल्लेख गरियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved