लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत इटहरी नमुना कलेजका विद्यार्थीहरुले आयोजना गरे सचेतना कार्यक्रम

  • मंसिर १०, २०७८
  • ३३८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउँदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले सचेतना कार्यक्रम आयोजना गरेका छन् ।

नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्‍याली र डिल डान्स गरिएको हो ।

20211125_092320

विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला हिंसा अन्त्यका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले बताए । त्यसै गरी महिला हिंसा अन्त्यका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने कलेजको कानुन संकायमा अध्ययनरत सपना सुवेदीले बताइन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नमुना कलेजले रक्तदान कार्यक्रम, खाद्यान्न वितरण कार्यक्रम लगायतका कार्यक्रम समेत आयोजना गर्ने कलेज अन्तर्गत सामाजिक कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिए ।

बिहीबारबाट सुरु भएको महिला हिंसा विरुद्धको अभियान १० डिसेम्बरमा सकिन्छ । यस वर्ष लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय नारा, "घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं" रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved