तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ ओभर हेड ट्यांकी उद्घाटन

  • मंसिर ९, २०७८
  • ९६० पटक पढिएको
  • सन्तोष गुप्ता
alt

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाको वार्ड नं १ स्थित तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १२ घण्टा खानेपानी वितरण गर्न थालेको छ । भर्खरै निर्माण सम्पन्न साढे चार लाख लिटर क्षमताको नयाँ ओभर हेड ट्यांकी मार्फत खानेपानी दिन थालिएको हो ।

ट्यांकीको उद्घाटन बिहीबार प्रमुख अतिथि नगर प्रमुख निलम खनाल र विशिष्ठ अतिथि ईटहरी स्थित खानेपानी तथा ढल व्यवस्थापन डिभिजन प्रमुख प्रदिपलाल कर्णले संयुक्त रुपमा ट्यांकीको गेट भल्भ खोलेर गर्नुभयो ।

259943553_352428316642554_932832738563629291_n

नेपाल सरकारको १४ करोड ५० लाख रुपैंयाको अनुदान सहयोगमा चतराको लालबस्ती क्षेत्रमा निर्माण भएको तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलले बताउनुभयो । नयाँ ट्यांकी रहेको जग्गामा शहिेद स्मृति पार्क स्थापना गरिने र स्थानिय शहिदहरुको सम्भव भए शालिक अथवा शिलालेख स्थापना गरिने अध्यक्ष सिग्देलले बताउनुभयो । सिग्देलले ट्यांकी बनेपछि उपभोक्ताले साविकको ३ घण्टा बाट बढेर दिनभरी पानी पाउने छन् भने थप ५ हजार ग्राहकलाई धान्न सकिने बताउनुभयो ।

हाल भण्डारीटार स्थित २ लाख २५ हजार लिटरको ट्यांकी बाट १२ सय ग्राहकलाई पानी दिईरहेको समितिको टयांकीको संख्या बढेर २ भएको छ, भने स्टोरेज क्षमता करिब ७ लाख लीटर पुगेको छ । यसैगरी चतराको रामानन्दाचार्य सेवापीठमा बनिरहेको अर्को २ लाख ५० हजार लीटरको ट्यांकीको काम अन्तिम चरणमा रहेको समेत सिग्देलले बताउनुभयो ।

हाल १ हजार २ सय किलोमिटर पाइपलाईन मार्फत साविकको वडाहरु १, २, ४, ६ र ३ नं वार्डको केही भागमा पानी वितरण गरिरहेको समितिले सिंहदेवी र उदय चौक, रेल्वेलाईन, चतरा बजार, चतराघाट र बयरबन लगायतको स्थानमा सडकको दुवै किनार बाट थप २ हजार किमी पानीको लाइन विस्तार गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खनाल र डिभिजन प्रमुख कर्णले तोरीबारी समितिले उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गर्दै थप सहयोग गरिने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved