प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन

  • मंसिर ८, २०७८
  • ५३६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं  : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गरेको हो ।

करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलनअन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन गरिएको हो । सर्वोच्च अदालतमा धर्नासहित उच्चमा पनि आन्दोलनका कार्यक्रम विस्तार गरिएको बारले जनाएको छ । बारले सर्वोच्च अदालतमा नारा जुलुससहित धर्ना दिएको छ । बारले विरोध प्रदर्शनलाई सशक्त बनाउन मुलुकभरका उच्च अदालतमा प्रतिनिधि खटाएको छ ।

उच्च अदालत पाटनमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ आँफै पुग्नु भएको थियो । यसैबीच गोला प्रथाबाट पेशी तोक्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीश राणाबाहेकका १९ न्यायाधीहरु सम्मिलित सर्वोच्च अदालतको फूलकोर्ट बैठक बसिरहेको छ । पेशी तोक्ने विषयमा सर्वोच्चको नियमावली संशोधन भएपछि फूलकोर्ट बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved