कर सप्ताह अन्तरगत उत्कृष्ट करदाता र कर्मचारी सम्मानित

  • मंसिर ७, २०७८
  • ५१६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आन्तरिक राजश्व कार्यालय, इटहरीले कर सप्ताह अन्तरगत उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरेको छ । गत मंसिर १ गते सुरु भएको कर सप्ताह अन्तरगत आज भएको समापन कार्यक्रममा उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरिएको हो ।

प्रदेश १ का सांसद् तथा प्रभु फ्युल प्रा. लि. इटहरीका सञ्चालक लिलम बस्नेत, सुदर्शन सेक्यूरिटी सर्भिसेज प्रा. लि. का डम्बर बहादुर तामाङ, धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तिय संस्था प्रा. लि. का कल्याणी तिम्सिनालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यसचिव डा. रामप्रसाद घिमिरेले सबैलाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । सायेवालालाई आर्थिक वर्ष ०७६/०७७ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता, तामाङलाई सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाता, बस्नेतलाई ट्रेडिङ तर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यवसयी र सपोर्ट लघुवित्तका तिम्सिनालाई सेवातर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाताको रुपमा सम्मान गरिएको हो । यसैगरि नायव सुब्बा शोभित घिमिरेलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।

यसैगरि सो अवसरमा कर सप्ताह अन्तरगत भएको व्यडमिन्टन प्रतियोगिताको विजेता तथा उपविजेत टीमलाई समेत मेडल तथा पुरस्कार वितरण गरिएको छ । कार्यालयका प्रमुख शान्तिराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तकिर मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का, सुनसरीका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न वस्तुगत व्यवसायी संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

कर सप्ताह अन्तरगत यसअघि कर्मचारीहरु बीच व्याडमिन्टन प्रतियोगिता, प्रभातफेरी, रक्तदान, वृद्धाश्रममा खाद्यान्न वितरण गनलगायतका कार्यक्रम गरिएको कार्यालय प्रमुख निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved