प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार पनि सर्वोच्च परिसरमा विरोध प्रदर्शन

  • मंसिर ५, २०७८
  • ५२८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएशसनले आइतबार पनि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेको छ ।

बारले चौथो चरणको आन्दोलन अन्तर्गत प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले रोकेपछि आइतबार पनि धकेलाधेकल भएको थियो । सो क्रममा प्रदर्शनमा उत्रिएका वकिलहरुले अदालतभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर आफुहरुमाथि दमन गर्न खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

उनीहरुले प्रधानन्यायधिश बिरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शनपछि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको नङ्ग्रा भाचिसकेको भन्दै राजीनामाको बिकल्प नभएको बताउनुभयो । उहाले अदालतमा सेटिङ मार्फत अहिले पनि मुद्धा हेर्ने काम भइरहेको आरोप लगाउनुभयो । श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको उल्लेख गर्नुभयो ।

त्यस्तै बारका महासचिव लीलामणि पौडेलले आफुहरुको आन्दोलनमा निरन्तर प्रहरी दमन भइरहेको बताउनुभयो । आइतबार पनि प्रहरीको बल प्रयोगबाट गोपाल श्रेष्ठ, गणेश ओली लगाएतका अधिवक्ता घाइते भएको उहाले जानकारी दिनुभयो । बारको अगुवाइमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराबाट निष्पक्ष न्याय सम्पादन हुन नसक्ने, भ्रष्ट्राचार भएको जनाउँदै उनको राजीनामा माग गर्दै आएका छन् । कानुन व्यवसायीले आइतबार देशभरका अदालतमा बहस बन्द गरेका छन् ।आन्दोलनको स्वरुप परिवर्तन गरेको बारले मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको राष्ट्रिय सम्मेलन समेत स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved